नानू कार्की/धादिङ
काेराेना भाईरसकाे महामारी नेपाल प्रवेश गरेपछि देश एउटा गहिराे सुन्यतातर्फ गयाे । घर भित्र, काेठा भित्र मानिस थुनिए । सवारी साधन चलेन, बजारमा किनमेल बन्दभयाे । अर्थात मजदुर गर्नेहरुकाे हातमुख जाेर्ने बाटाे बन्दभयाे ।
यहि नियति थाक्रे गाउँ पालिका वडा नम्बर ६ कुईकिलका ४० वर्षीय सुजन तामाङले पनि भाेग्न बाध्य भए ।
लकडाउनपछि काठमाडौंबाट गाउँ फर्कियका सुजन तामाङले ६० राेपनी जग्गामा फलफुल खेति गरेका छन्
सुजन तामाङले आफ्नो ३ सय रोपनी जग्गामा फलफुल र कागती लगाएर आफूलाई अब्बल किसान बनाउन लागि परेपछि उहाँको खेती हेरेर छिमेकीहरुले समेत फलफुल खेती गर्न थालेका छन् ।
गाउँमा सडक पुर्याउने नाममा भएको विनास र खेतीपाती गर्न नसकिएको अवस्थामा अििहले सुजन तामाङले तिन हजार कागती, ३० ओखर, १५ अनार, २५ लिचि, २५ जुनार लगाउनु भएको छ । कागतीले भने फल दिन थालेर आम्दानी हुन थालेकोले बच्चा पढाएर पनि आम्दानी हुन थालेको फलफुल कृषक तामाङले बताउनुभयो ।
मादल बनाउने पेशा संकटमा परेपछि लकडाउनले घर फर्काएका सुजन तामाङ अहिले एभोकार्डो र कफी लगाउन तयारी गर्नुभएको छ । अब एकसय रापेनी जग्गामा थप फलफुल खेती गरेर आन्तरिक पर्यटकहरुलाई समेत आकर्षित गर्ने तयारी गर्नुभएको बताउनुभएको छ ।
२सय ५० रुपैयाँ तिरेर सरकारी सहयोग विना विरुवा खरिद गरेर फलफूल खेतीमा लाग्नु भएका सुजनले ६ लाख लगानी गरेको बताउनुभयो ।
कृषिको नाममा खेती नगर्नेहरुले अनगिन्ती रकम लिएर लुटपाट मच्चाएको उदाहरण हाम्रो सामु भएको बेला फलफुल खेती गरेर समाजलाई उदाहरण देखाएका किसानले भने सरकारी अनुदानमात्र होइन स्थानीइ सरकारबाट प्राविधिक सहयोग समेत नपाएको सुजनको भनाइ छ । आफ्नै पौरख र लकडाउनले सिकाएको पाठले अहिले अकागतीले बजार पाएकाे अवस्थामा २ लाख रुपैयाँ नाफा लिएको बताउनुभएको छ ।
सुजनले आम्दानी लिन थालेपछि प्रेमबहादुर तामाङ ४ सय बिरुवा कागती र सागर तामाङले २ विरुवा कागती, १ सय विरुवा ओखर लगाउनुभएको छ ।
केही गर्छु भन्ने र काम गर्न थालेका किसानलाई सहयोग नगर्ने, कुनै अनुदान पारिदिन्छु भनेर किसानहरुसंग कमिसन लिन खोज्ने अवस्थामा आफूले आफ्नो भोगाइ र सिकाइबाट फलफुल खेती गर्न थालेपछि सामाजिक रुपमा समेत विकासका लागि आफैँ लाग्नु पर्छ भन्ने भावना स्थानीयहरुमा आएको छ ।