चार पत्रकार पुरस्कृत धादिङ । नेपाल पत्रकार महासंघले धादिङबाट जिम्मेवार पत्रकारिता, निर्वाचन रिपोर्टिङ र सामाजिक संजालको प्रयोग सम्बन्धी राष्ट्रिय अभियान र प्रेस काउन्सििल नेपालले निर्वाचन आचार संहिता र मिडिया अभियानको धादिङबाट सुरुवात गरिएको छ । धादिङबेसीमा नेपाल पत्रकार महासंघ धादिङको आयोजनामा भएको...
धादिङ । नेपाल पत्रकार महासंघ धादिङ शाखाले आफ्नो संस्थागत गतिविधि र जिल्लाको पत्रकारितालाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ आधिकारिक वेबसाइट सञ्चालनमा ल्याएको छ। नेपाल पत्रकार महासंघ धादिङ शाखाको सभा हलमा माघ १८ गते आइतबार आयोजित एक विशेष समारोहका बीच नेपाल पत्रकार...
धादिङ । नेकपा एमालेले धादिङ जिल्लाका दुई निर्वाचन क्षेत्रका लागि उम्मेदवार दर्ता गराउने भएको छ। पार्टीले धादिङ क्षेत्र नम्बर २ बाट पूर्व संविधानसभा सदस्य धनबहादुर घले र धादिङ क्षेत्र नम्बर १ बाट केन्द्रीय सदस्य तथा पूर्व जिल्ला अध्यक्ष भूमि त्रिपाठीलाई...
धादिङ । नेकपा एमाले जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरिएकाे छ । नेकपा एमाले धादिङ २ नम्बरकाे उम्मेदवार छनाैटमा विभेद गरेकाे भन्दै एमाले कार्यकर्ताले जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेकाे हाे । नेकपा एमाले केन्द्रीय सचिवालयले धादिङ क्षेत्र नम्बर २ का लागि संविधानसभा सदस्य...
धादिङ । प्रतिनिधि सभा निर्वाचनको तयारी तीव्र बन्दै जाँदा श्रम संस्कृति पार्टीले धादिङमा उम्मेदवार सार्वजनिक गर्दै चुनावी प्रतिस्पर्धामा औपचारिक प्रवेश गरेको छ। आइतबार धादिङबेसीमा आयोजित पत्रकार सम्मेलनमार्फत धादिङ क्षेत्र नं. १ बाट प्रलाद सिलवाल र क्षेत्र नं. २ बाट टासी लामा...
धादिङ । रुबी भ्याली गाउँपालिकाको कार्यालयमा हालै सम्पन्न बैठकमा बाह्य तथा असम्बन्धित व्यक्तिहरू प्रवेश गरी जनप्रतिनिधि तथा जलविद्युत् कम्पनीका अधिकारीमाथि अभद्र व्यवहार, हातपात गर्ने प्रयास र अवाञ्छित गतिविधि भएको घटनाप्रति गाउँपालिकाले गम्भीर चासो व्यक्त गरेको छ। गत माघ ३ गते गाउँपालिका...
धादिङ। मुख्य निर्वाचन कार्यालय धादिङले आइतबार प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष बनाउन सर्वदलीय बैठक गरेको छ। बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा (माओवादी केन्द्र) लगायत विभिन्न राजनीतिक...
धादिङ । नेकपा एमाले धादिङ जिल्ला कमिटीको बैठकले उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठ (गोर्खाली)लाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएको छ। जिल्ला कमिटीको नवौँ अधिवेशनबाट अध्यक्षमा निर्वाचित भूमि त्रिपाठी पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएसँगै पार्टी विधानअनुसार श्रेष्ठलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिइएको हो। बैठकले...
धादिङ । परिवर्तनका लागि प्रतिबद्ध समाज (कोसाेक नेपाल) धादिङको १८औँ साधारण सभा तथा पाँचौँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको छ । निर्वाचित कार्यसमितिको अध्यक्षमा सीताराम कोइराला चयन हुनुभएको छ । उपाध्यक्षमा...
© copyright 2026 and all right reserved to Kandara Samachar