धादिङ ।
धादिङ जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण जिल्ला घोषणा गरिएको छ । जिल्लालाई पूर्णखाेप युक्त बनाउन महत्त्वपूर्ण याेगदान पुर्याउनुभएका ७ जनालाई जिल्ला खाेप समन्वय समितिले सम्मान गरेकाे छ ।
खाेज र खाप लगाउ अभियान लगायत राष्ट्रिय खाेप कार्यक्रमहरुमा महतभूमिका निर्वाह गरेकाे भन्दै गजुरी गाउँ पालिका ८ कि महिला स्वास्थ्य स्वयं सेविका पुष्षा कार्की लाई जिलाभरीमा उत्कृष्ट भूमिका निर्वाह गरेकाेले दाेसल्ला र सम्मानपत्रले पुरस्कृत गरिएकाे छ । राष्ट्रिय खाेप कार्यक्रम लगायत डब्लुएचओकाे मापदण्डले ताेकेअनुसार खाेपतथा काेलचेनमा उत्कृष्ट कार्य गर्नुभएका जनस्वास्थ्य कार्यालयका जुनु श्रेष्ठ, जिवनाथ रिजाल, भुपेन्द्र श्रेष्ठ र साङ्काेष स्वास्थ्य चाैकीका ताेषनारायण श्रेष्ठ, उत्कृष्ठ खाेप कार्यकर्ता मैदी स्वास्थ्य चाैकीका अहेव साेबिन्द्रा थापा र स्वास्थ्य चाैकी प्रमुखतर्फ स्यादुल स्वास्थ्य चाैकी प्रमुख पसरुषाेतम अर्याललाई पुरस्कृत गरिएकाे हाे ।
जिल्ला खाेप समन्वय समिति अध्यक्ष नवराज अधिकारी, जनस्वास्थ्य कार्यालय प्रमुख अर्जुन पाैडेल तथा बागमति प्रदेशसभा सदस्य गाेबिन्द लम्साल लगायतले दाेसल्ला ओडाएर र ििम्मान पत्र दिएर पुरस्कृत गरिएकाे थियाे ।
जिल्लाभित्रका लक्षित उमेर समूहका सबै बालबालिकाले राष्ट्रिय तालिकाअनुसारका सबै खोप पाएको सुनिश्चित भएपछि पूर्ण खाेप तथा दिगाेपना घोषणा गरिएको हो ।
बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका खोप कार्यक्रम फोकल पर्सन (स्रोतव्यक्ति) उत्तम प्याकुरेलले धादिङलाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्दै प्रमाणपत्र हस्तान्तरण गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै प्याकुरेलले खोप कार्यक्रमले बालबालिकाको जीवन रक्षा मात्र नभई स्वस्थ समाज निर्माणको बलियो आधार तयार गरेको बताउनुभयो ।
स्वास्थ्य कार्यालय धादिङका प्रमुख अर्जुन पौडेलका अनुसार जिल्लाका सबै पालिकामा गरिएको सर्वेक्षणमा खोप लगाउन कोही पनि नछुटेको पाइएपछि यो घोषणा सम्भव भएको हो । जिल्लाका जन्मेदेखि १५ महिनासम्मका ३ हजार ७ सय २४ बालबालिका र १६ महिनादेखि २३ महिनासम्मका ३ हजार ३ सय ३४ बालबालिकाले सबै आवश्यक खोप पूर्ण रूपमा पाएका छन् । खाेज र खाेप अभियानमा १९ जना खाेप लगाउन छुटेकालाई खाेप लगाईएकाे थियाे ।
पूर्ण खोप सुनिश्चितता अभियानलाई सफल बनाउन योगदान पुर्याउने जिल्लाका स्थानीय तह, स्वास्थ्य संस्था, सरोकारवाला निकाय तथा अग्रपंक्तिमा खटिएका महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई कार्यक्रममा सम्मान गरिएको छ ।