धादिङमा ३ लाख ३४ हजार किलाेग्राम युरियामल माैजदात

धादिङमा ३ लाख ३४ हजार किलाेग्राम युरियामल माैजदात

  • Kandara Samachar

  • आइतवार, असार २८, २०८३

  • 50
    SHARES
धादिङमा ३ लाख ३४ हजार किलाेग्राम युरियामल माैजदात

✍️नानु कार्की/ गजुरी (धादिङ)

धादिङ लगायतका क्षेत्रमा रासायनिक मलकाे चरम अभाव भएकाे भनिएकाे ििमयमा धादिङका लागि गजुरी स्थित कृषि सामग्री कम्पनी लिमिटेडमा ३ लाख ३४ हजार ७५० किलाेग्राम युरियामल माैजदात रहेकाे छ ।

कृषि सामग्री कम्पनी लिमिटेड, शाखा कार्यालय गजुरीले जनाएअनुसार असार २८ गतेसम्मको मल मौज्दात विवरण अनुसार डीएपी मल एक लाख २४ हजार १ सय केजी, पाेटास २ हजार ९ सय केजी र कृषि चुन ५२ हजार ९ सय केजी माैजदात रहेकाे छ ।

कम्पनीले आवश्यक प्रक्रिया पूरा गरी किसानलाई सहज रूपमा मल उपलब्ध गराउने तयारी भइरहेको जनाएको छ। असार महिनामा धान रोपाइँ तीव्र भइरहेका बेला युरिया मल थपिएसँगै धादिङका किसानलाई राहत पुग्ने अपेक्षा गरिएको छ।

कृषकलाई चाहिएकाे मल नपाइनुमा मल वितरण गर्न जिम्मा पाएकाे सहकारी र व्यापारीले मल विक्रि गरेकाे स्पष्ट जानकारी अनलाइन माध्यामबाट भर्नुपर्नेमा नभरेकाे, कृषि सामाग्री कम्पनीबाट मल्यल ल्याउन बेवास्ता गरेकाे, स्थानीय सरकारले सहजीकरण नगरेकाे लगायतका कारणले अभाव भएजस्ताे भएपनि मल आवस्यकता अनुसार पुग्नेगरि उपलब्ध भएकाे धादिङ २ का साम्सद बाेधनारायण श्रेष्ठले बताउनुभयाे ।

नागरिकले युरियामलमात्र खाेज्ने र विभिन्न बालिका लागि आवस्यक अन्य मल नखा्जन्ने गर्दा मल अभाव भएकाे हाे ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar