बेनिघाटराेराङ र गजुरीमा संकास्पद हैजाका विरामी, पानी परिक्षण हुने

बेनिघाटराेराङ र गजुरीमा संकास्पद हैजाका विरामी, पानी परिक्षण हुने

  • Kandara Samachar

  • बुधबार, जेष्ठ १३, २०८३

  • 29
    SHARES
बेनिघाटराेराङ र गजुरीमा संकास्पद हैजाका विरामी, पानी परिक्षण हुने

धादिङ

धादिङकाे बेनिघाट राेराङ गाउपालिका र गजुरी गाउँ पालिकामा शंकास्पद हैजाका विरामी फेला परेकाे छ ।

गजुरी गाउँ पालिका वडा नम्बर ५ ओडारे दाेभानेमा एकजना शंकास्पद हैजाकाे विरामी फेला परेकाे छ । शंकास्पद विरामीलाई काठमाडौ प्रेषण गरिएकाे छ । अन्य मानिस संस्थामा नआएकाे र वर्षाकाे समयमा पानी उमालेर वा सुद्धिकरण गरेर मात्र पिउन आग्रह गरिएकाे गजुरी गाउँ पालिका वडा नम्बर ५ का वडाअध्यक्ष गाेबिन्द लामीछानेले बताउनुभयाे ।

गजुरी गाउँ पालिका वडा नम्बर ३ मा पनि झाडापखालाका विरामीहरु एकहप्तामा तिनजना स्वास्थ्य संस्थामा आएकाे जनाईएकाे छ ।

यसैगरि बेनिघाटराेराङ गाउँ पालिका वडा नम्बर ८ बाेमराङमा तिनजना शंकास्पद  हैजाका विरामी उपचार हुँदै गरेकाे स्थानीय अम्मरबहादुर चेपाङले जानकारी दिनुभयाे ।

गाउँँमा वर्षालागेपछि झाडनपखाला लाग्ने गरेकाे भएपनि यसवर्ष कडा विरामी परेकाेले उपचारका लागि काठमाडौ पठाउनुपरेकाे स्थानीयकाे भनाई छ ।

बेनिघाटराेराङ गाउँ पालिका वडा नम्बर ६ का स्वास्थ्य केन्द्रका इन्चार्ज  पुरुषाेतम अर्यालका अनुसार घरधुरी सर्वेक्षण गर्दा अन्य विरामी नभएकाे र २ जना शंकास्पद हैजाकाे विरामी भेटिएकाे बताउनुभयाे ।

हैजाँकाे विरामी परिक्षणबाट पुष्टि भएकाेले गजुरी गाउँ पालिकामा बुधबार खानेपानी परिक्षण गरिने जनस्वास्थ्य कार्यालय धादिङका सूचनाअधिकारी ताेया छत्कुलीले बताउनुभयाे ।

जनस्वास्थ्य कार्यालयले पानी शुद्धीकरण गरेर वा उमालेर पिउन सम्पूर्ण नागरिकहरु समक्ष आग्रह गरेकाे छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar