धादिङ ।
धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ मा वडा स्तरिय बाल सञ्जाल गठन गरिएको छ । वडा अध्यक्ष देवीबहादुर खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बालमैत्री स्थानीय शासन कार्यक्रम अन्तर्गत नयाँ कार्यसमिति चयन गरिएको हो ।
कार्यक्रममा शंखादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक तिलक चेपाङले शुभकामना व्यक्त गर्दै बालबालिकाको नेतृत्व विकास, क्षमता अभिवृद्धि तथा सामाजिक गतिविधिमा सक्रिय सहभागिताका लागि बाल सञ्जालको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।
गठित सञ्जालको अध्यक्षमा अर्चना आले मगर चयन भएकी छन् । त्यसैगरी उपाध्यक्षमा रूपक मल्ल ठकुरी, सचिवमा रश्मी चेपाङ तथा कोषाध्यक्षमा प्रेमका गिरी चयन भएका छन् । सदस्यहरूमा सागर चेपाङ, शुष्मा चेपाङ, अर्जुन श्रेष्ठ, सुदामा डल्लाकोटी र सुमिना चेपाङ रहेका छन् ।
नवगठित बाल सञ्जालले बालअधिकार संरक्षण, बालमैत्री वातावरण निर्माण तथा समुदायस्तरमा बालबालिकाको सहभागिता अभिवृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ ।