– नानु कार्की / धादिङ
गल्छी गाउँ पालिका बिहार पुर्ण खाेप सुनिश्चित भएकाे पालिका घाेषणा भएकाे छ ।
गाउँ पालिकाकाे सभाहल बैरेनीमा भएकाे पूर्णखाेप प्रमाणिकरण सभा गर्दै दिगाेपनाकाे लागि समेत कार्याेजना बनेकाे जानकारी दिईएकाे छ ।
गल्छी गाउपालिका अध्यक्ष केदारनाथ खतिवडाकाे अध्यक्षतामा भएकाे प्रमाणिकरणसभामा जिल्ला समन्वय समिति प्रमुख नवराज अधिकारीले १५ महिनाभित्रका बालबालिकाले सबै खाेप पूरा गरेकाेले पूर्णखाेप सुनिस्चित भएकाे घाेषणा गरिएकाे थियाे ।
प्रमुख अतिथि नवराज अधिकारीले खाेप पूरा गरेर दिगाेपनाका लागि काम गर्न आग्रह गर्नुयाे ।
कार्यक्रममा गाउँ पालिका उपाध्यक्ष भाईकाजी तिवारी, प्रमुख प्रशासकीय अधिकृत पुर्ण दुलाल, जनस्वास्थ्य कार्यालयका प्रमुख अर्जुन पाैडेल, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारी लगायतले शुभकामना दिँदै खाेप लगाउन
एकजनापनि नछुटाउने व्यवस्था गरेकाे र यसकिसिमकाे कार्यक्रमकाे व्यवस्था निर्तर्ता दिन आग्रह गर्नुभयाे ।
साे अबसरमा सबै स्वास्थ्य संस्था र वडालाई पूर्णखाेप सुनिस्चितताकाे प्रमाणपत्र वितरण गरिएकाे थियाे ।
गल्छी गाउँ पालिकामा १५ महिना भित्रका २४९ जना, १५ देखि २३ महिना भित्रका १७९ जना र खाेज र खाेप अन्तरगत ३ जना गरि ४३१ जनालाई खाेप लगाइएकाे गल्छी गाउँपालिका स्वास्थ्य शाखाका भाेजराज रेग्मीले बताउनुभयाे ।