ऐतिहासिक हिरकपार्क १५ काेषमा ४ हजार बिरुवा राेपियाे

ऐतिहासिक हिरकपार्क १५ काेषमा ४ हजार बिरुवा राेपियाे

  • Kandara Samachar

  • मङ्लबार, असार २४, २०८२

  • 76
    SHARES
ऐतिहासिक हिरकपार्क १५ काेषमा ४ हजार बिरुवा राेपियाे

धादिङ

ऐतिहासिक हिरकपार्क तथा १५ काेषरहेकाे नेत्रावती डवजोङ गाउँपालिका–र वडा नमवर ४ सामुदायिक बन क्षेत्रमा ४ हजार  बिरुवा राेपिएकाे छ ।

  ऐतिहासिक महत्व बोकेको निर्माणाधिन पार्कलाई व्यवस्थित गरि पूर्णता दिन वृक्षारोपण गरिएको हो ।

तत्कालिन नेकपा एमाले अध्यक्ष  तथा प्रधानमन्त्री  केपि ओलीले २०८० फागुन २३ गते  सिलान्यान  गर्नुभएकाे १५ काेष, हिरक पार्कमा एमाले जिल्ला अध्यक्ष एवं पुर्व साम्सद भुमि त्रिपाठी, नेत्रावती डबजाेङ गाउँ पालिका अध्यक्ष मेघनाथ रिजाल, डिभिजन बन कार्यालय प्रमुख विष्णुप्रसाद आचार्य, जिल्ला समन्वाय अधिकारी रामाश्रय यादवले, नेकपा एमाले उपाध्यक्ष अर्जुन श्रेष्ठ, सचिव राधिका सापकोटा लगायतले वृक्षाराेपण गर्नुभयाे ।

रमणिय, ऐतिहासिक स्थान हिरकपार्क पुष्पलाल मध्य पहाडी लाेकमार्मा पर्छ ।

नेकपा स्थापना ७५ वर्ष (हिरक वर्ष) काे अबसरमा नेकपा एमालेले झुलाघाट चिवाभञ्ज्याङ पदयात्राकाे अबसरमा सिलान्यास गरिएकाे हाे ।

पार्क र आसपास क्षेत्रमा करिव चार हजार विरुवा रोपिएको डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णु प्रसाद आचार्यले बताउनुभयाे ।

 ‘कपुर, असोक, ज्याकारान्दा, कल्फी, सयपत्री, गोदावरी, असारे लगायत विभिन्न प्रजातिका फुलहरु सहित पार्कमा ३ सय विरुवा रोपिएको छ । ४ सय ५० बाँस र ३ हजार अम्रीसो गरी यस क्षेत्रमा करिव चार हजार विरुवा रोपिएको हो’

  सामुदायिक वन मार्फत स्टोर हाउस, कफी हाउस, पाले घर, टिकट घर, विश्राम स्थल बनाएर ऐतिहासिक १५ कोषलाइ समेटेर विकास गर्ने लक्ष्य रहेकोे आचार्यकाे भनाई छ ।

   राष्ट्रिय स्तरको पर्यटकीय गन्तव्य बनाउने लक्ष्यसहित शिलान्यास गरिएको थियाे ।

निर्माणाधिन पार्कलाई व्यवस्थित गर्दै पूर्णता दिने नेकपा एमाले धादिङका अध्यक्ष भुमी त्रिपाठीले बताउनुभयाे । ‘वजेट थोरै धेरै आफ्नो ठाउँमा छ । आशा गरेअनुसार वजेट परेन तर पार्कको पुनर्निमार्णले पूर्णता पाउनेछ’ त्रिपाठीले भन्नुभयाे

  ‘प्रधानमन्त्रीलाई पनि यो पार्क उद्घाटन गर्ने रहर छ । वजेट कहिकतैबाट विनियोजन गरेर पूर्ण गर्नेछौं । हनुमान ढोका र गोर्खा तरबारको विचमा रहेको यो १५ कोष ऐतिहासिक महत्व बोकेको क्षेत्र हो । होमस्टे, पर्यटकिय दृष्टिकोण लगायतका हिसावले विकास गरि यहाँका उत्पादनको बजारीकरण र आर्थिक पाटोमा यस पार्कले जोड्नेछ ।’

 नेत्रावती डवजोङ गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजालले हिरक पार्कको संरक्षणमा पालिकाले हेरालु राख्नेदेखि हरेक क्षेत्रमा सहयोग गर्ने बताउनुभएकाे छ ।

 ‘हिरक पार्क पर्यटकिय दृष्टिकोणसँगै पालिकाबासीको आयआर्जनसँग पनि जोडिएको स्थल हो । सोचे जस्तो वजेट ल्याउन नसक्दा पूर्णता दिन समस्या भएको छ’ उहाले भन्नुभयाे – ‘पार्कको व्यवस्थापन तथा निर्माण कार्य सम्पन्न गर्न आन्तरिक श्रोत नभएपनि यसको प्रवद्र्धन गर्न स्थानीय सरकार लाग्नेछ ।’

१५ कोष विशेषत पृथ्वी नारायण शाहको पालामा हनुमान ढोकामा फुलपाती भित्र्याउने समयमा लमजुङ, तनुँह, गोर्खाका मानिसहरु काठमाडौ आउँदा जाँदा बाटो थकाइ मार्ने तथा खाजा खाने स्थल रहेको स्थानीयहरुको भनाई छ । तारा खसेको ढुंगा, चौरीको खुर भेटिएको लगायतका ऐतिहासिक महत्व रहेको स्थल हो । बागमती प्रदेश सरकार अन्तर्गत पर्यटन विकास आयोजना हेटौडाको २८ लाख र डिभिजन वन कार्यालय धादिङको १० लाख रुपैयाँ गरि कुल ३८ लाख लागतमा निर्माणाधिन हिरक पार्क अन्तिम चरणमा पुगेको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar