साना किसान कृषि सहकारी जिल्ला संघमा अप्सरा अधिकारी निर्वाचित

साना किसान कृषि सहकारी जिल्ला संघमा अप्सरा अधिकारी निर्वाचित

  • Kandara Samachar

  • शनिबार, पुस २७, २०८१

  • 143
    SHARES
साना किसान कृषि सहकारी जिल्ला संघमा अप्सरा अधिकारी निर्वाचित

धादिङ

साना किसान कृषि सहकारीकाे छाता संगठनकाे रुपमा रहेकाे साना किसान कृषि सहकारी संघ धादिङको अध्यक्षमा अप्सरा अधिकारी निर्वाचित हुनु भएको छ । धादिङबेसीमा सम्पन्न भएको संघको २४ औं वार्षिक साधारण सभा तथा ९ औं अधिबेशनबाट अधिकारीको अध्यक्षतामा १५ सदस्यिय संचालक समिति निर्वाचित गरेकाे छ  ।

अधिबेशनले उपाध्यक्षमा रमेश खतिवडा, सचिबमा मथुरा तामाङ र सदस्यहरुमा टिका प्रसाद थपलिया ,कमल बहादुर गुरूङ, ध्रुबराज बिश्वकर्मा, छविन्द्र नारायण श्रेष्ठ , नारायण खड्का, बद्री प्रसाद अधिकारी, रन्जना पाठक, मिना तामाङ ,राम कुमार श्रेष्ठ , चक्र बहादुर लम्साल, कृष्णप्रसाद दाहाल र दुर्गा दुवाडी निर्वाचित गरेकाे छ ।

यसै गरि अधिबेशनबाट लेखा सुपरिबेक्षण समितिको संयोजकमा पुरूषोतम न्यौपाने र सदस्यहरुमा अनु राना मगर र जगदिश अधिकारी निर्वाचित भएका छन ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar