गुणस्तरिय सेवाका लागि आधारभुत स्वास्थ्य सेवा तालिम

गुणस्तरिय सेवाका लागि आधारभुत स्वास्थ्य सेवा तालिम

  • Kandara Samachar

  • बुधबार, पुस २४, २०८१

  • 137
    SHARES
गुणस्तरिय सेवाका लागि आधारभुत स्वास्थ्य सेवा तालिम

धादिङ । 

आधारभूत स्वास्थ्य सेवाको स्तरीय उपचार पद्धति सम्बन्धि स्वास्थ्य कर्मीहरुका लागि तिनदिने तालिम बुधबार धादिङबेसीमा सम्पन्न भएको छ ।

 स्वास्थ्यकर्मीकाे क्षमता अभिवृद्धि गरि उपचारमा एकरुपता ल्याउन र गुणस्तरीय सेवा दिनका लागि तालिम जनस्वास्थ्य कार्यालय धादिङले आयाेजना गरेकाे तालिमकार्यक्रम जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी ताेयनाथ छत्कुलीले बताउनुभयाे ।

आकस्मिक बिरामी उपचार सेवा, बालराेग, महिला राेग, सर्ने तथा नसर्ने राेगकाे निदान, उपचार तथा व्यवस्थापन, सरकारले उपलब्ध गराउने निशुल्क वितरण गरिने आैषधीकाे विवरण अादीका बारेमा  ७ पालिकाका २४ जनालाई तालिममा सिकाईएकाे थियाे ।

सरकारले स्वास्थ्य चाीहरुबाट निशुल्क वितरण गर्न ९८ किसिमका अाैषधी तथा सामाग्री पठाउने गरेकाे छ ।

तिनदिने तालिममा डा. माधव पाैडेल, डा राम रिजाल, र वरिष्ठ जनस्वास्थ्य अधिकृत विष्णु रिजालले तालिमकाे संचालन गर्नुभएकाे थियाे ।

४४ स्वास्थ्य चौकी, ६५ आधामरभुत स्वास्थ्य केन्द्र वा इकाई रहेकाे धादिङमा पहिलाे चरणकाे तालिमपछि पुन: दाेश्राे चरणकाे तालिम संचालन हुने छ ।

कार्यक्रम समापनमा डा. राम रिजाल, वरिष्ठ जनस्वास्थ्य अधिकृत विष्णु रिजाल, नेपाल पत्रकार महासंघका अध्यक्ष सीताराम अधिकारी लगायतले सम्बाेधन गर्दै सीप, क्षमता,  दक्षता विकास गरि गुणस्तरीय सेवा प्रवाह, विरामीकाे निदान, उपचार तथा व्यवस्थापनमा संयमित भएर लाग्न आग्रह गर्नुभयो ।

आधारभुत स्वास्थ्य सेवा नागरिकको  मानवअधिकार भएकाेले नागरिकले स्वास्थ्य सेवा पाउने पहिलाे स्थान स्वास्थ्य चाैकी तथा ईकाईहरुले नै आधारभुत स्वास्थ्य सेवा दिदै मानवअधिकारकाे पक्षमा काम गरिरहेका छन् ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar