आधुनिक युगमा दलित समुदायभित्र पर्ने सार्की जाति प्राचीन कालमा शु भित्र पर्ने एउटा जाति हो । यो जाति खसबाट नै विभाजित भएर बनेको समुह हो । जसको इतिहास तीन तरीकाबाट भएको पाईन्छ । एउटा हो, युरोपबाट पूर्वतिर जाने क्रममा आज भन्दा करीब ५,००० वर्ष पहिले इरानको सिन्धु घाँटी हुँदै भारत वर्षाबाट नेपालको सुदूर पश्चिमी क्षेत्र हुम्ला, जुम्ला, बाजुरा लगायतका कर्णाली क्षेत्रमा लामो समयसम्म व्यतित गरेको पाईन्छ । पछि गएर त्यही आर्य खसबाट एउटा समुह जो जुम्लाको संरक भन्ने ठाउँबाट नेपालको पूर्वतिर लाग्ने क्रममा संरकसंरक भन्दा भन्दै संरक अपभ्रंश हँुदै पछि सार्क र सार्की जातिमा परिणत हुन पुग्यो । प्राचीन समयमा यिनीहरुले छालाको पैसा बनाएको पाईन्छ । अर्को हो, किम्बदन्ती अनुसार शाह वंशीय शासन कालमा यिनीहरुले शासन सत्तामा हुँदाहुँदै यिनीहरुबाट केही तुच्छ राज्यलाई नसुहाउने गतिविधि र व्यवहार गरेको कारणले पछि यिनीहरुलाई शाहबाट सार्की जातिमा तल झारेको पाईन्छ । अर्को हो, राजा जयस्थिति मल्लले सन् १३६० देखि १३९५ सम्म पटक पटक राज्य संचालन गरेको झन्डै ८०० वर्ष पुरानो इतिहास छ । त्यसै क्रममा राजा जयस्थिति मल्ल राजगद्दीमा सवार हुने बेलामा उनलाई लगाउने जुत्ता आवश्यक प¥यो । त्यो जुत्ता कसले बनाउन सक्छ भने विषयमा ठूलो बहस चल्यो । एक जनाले भनेछ, महाराज हजुरले लगाउने जुत्ता म बनाउन सक्छु । त्यसपछि राजा खुशी भई जुत्ता बनाउन हुकुम भयो बनाएर ल्याऊ भने । त्यो व्यक्ति खुशी भएर केही दिनको परिश्रम लगाएर जुत्ता बनाएर ल्यायो । उसले राजालाई देखाउँदै भन्यो, महाराज मैले हजुरको हुकुम र आदेश अनुसार जुत्ता बनाएर ल्याएको छु । राजाले जुत्ता देखेपछि मन पराए । राजाले खुट्टामा लगाएर हेरे । उक्त जुत्ता राजाको खुट्टामा ठीक भयो र खुट्टामा पनि सुहायो । राजाले स्यावासी पनि दिए । राजा राजगद्दीमा आसीन भएको समयमा जुत्ता अलग्गै ठाउँमा राखे । तर दुर्भाग्यवश जुत्ता राखेको ठाउँमा नै दरबारमा पालेको एउटा कुकुरले जुत्ता टोकेर च्यातिदियो । जुत्ता छालाबाट बनेको र कुकुरलाई छाला मन पर्ने भएकोले कुकुरले टोकेको हो भन्ने कुरा दरबारका भारदारहरुले राजालाई सुनाए । त्यसपछि राजाले जुत्ता बनाउनेलाई बोलाएर हप्काउँदै भने तैंले के यस्तो जुत्ता बनाएको ? यो त कुकुर भन्दा पनि घटिया बनाईस् ? त्यसपछि राजाले उनलाई कहिल्यै पनि भेट्न चाहेनन् । एक दिन राज समारोहमा त्यो जुत्ता बनाउनेलाई देखेपछि हुकुम दिए, यसलाई यहाँ आउन नदेऊ, टाढा राख । पछि गएर त्यसले एक जातको रुप लियो । जो पछि गएर सार्की जाति भनेर चिनिन पुग्यो । यसरी सार्की जाति रहन गएको इतिहास पाईन्छ । सार्की जाति नेपाल, भारत र भुटानमा मध्यम स्तरको जीवन यापन गरिराखेको एउटा जाति हो, जसलाई ठाउँ अनुसार मिजार, चर्मकार, भुल जस्ता उपनामले पनि चिनिन्छ ।
लामो समयसम्म राज्यबाट दबिएर बाँचेका जाति जसले पढ्न नपाउने, जग्गा जमिन राख्न नपाउने र माथिल्लो जातिको सेवा गरेर बिताउनुपर्ने जातिको रुपमा रहेको यो जाति वि.सं. १९१० को जंगबहादुरको मुलुकी ऐनमा आएर झन पीडामा परेको पाईन्छ । यो जातिले छोएको खानेकुराहरु कथित माथिल्लो जातिले खाना नहुने, छोई हालेमा पानीको छोइछिटो हाल्नु पर्ने र माथिल्लो जातिको सेवा गर्नुपर्ने बाध्यकारी नियम बनाएको थियो ।
अछुतको सबैभन्दा माथिल्लो जातिविशिष्ट जातिहरुको सूचीमा कोड नम्बर ०१ मा राखेको भएता पनि शिक्षा र आर्थिक हिसाबमा पहाडे दलित भन्दा केही पछाडि रहेका छन् भने भुमिहिनतामा सबैभन्दा अगाडि रहेका छन् । सार्की जाति नेपालको कुल जनख्याको ४.४२ प्रतिशत रहेको छ । यस हिसाबले यो जाति झण्डै ४ लाख जति जनसंख्या हुन आउँछ । सार्की जाति नेपाल, भारत र भुटानमा गरी झन्डै ५ लाखको हाराहारीम रहेका छन् । सार्की जातिको सबैभन्दा ठूलो बस्ती गोरखा, हुम्ला, बाजुरा, बाग्लुङ र धादिङ जिल्ला हो । जहाँ १०,००० भन्दा बढी आवादी रहेको छ भने सबैभन्दा कम जनसंख्या रसुवा जिल्लामा रहेकोछ । शिक्षामा सार्की जातिको कुल साक्षरता ६५ प्रतिशत रहेको छ भने औसत आयु ६० वर्ष रहेको छ । यो जाति ४ देखि ७ प्रतिशत मात्र भूमिहीन रहेका छन् । यो जाति सामान्यतय हिन्दु धर्मबाट प्रभावित रहेका छन् र यिनीहरुको प्राचीनतम पुरानो धर्म हिन्दु नै हो । तर पछिल्लो समयमा परिवर्तन, शिक्षाको विस्तार र गरिबीको कारणले छुवाछूतबाट मुक्त हुने आशाले क्रिश्चियन धर्ममा आकर्षण बढेको पाईन्छ । सम्पूर्ण हिन्दु धर्मावलम्बीहरुले मान्ने चाडपर्व नै यिनीहरुको आफ्नो चाडपर्व हो भने कुल देउता धवल्पुरा आनोे जातीय वा थर र वंशको हिसाबले पुज्ने र मान्य गर्दछन् । खस आर्यले बोल्ने नेपाली भाषा नै उनीहरुको आनोे मातृभाषा हो । खस आर्यबाट छुटेर जात अलग भए पनि उनीहरुको भेषभुषा फरक छैन । उनीहरुको आफ्नो पोशाक भनेकै खस आर्य समुदायले लगाउने कमिज, दौरा, सुरुवाल (पुरुषले लगाउने), चोलो, फरिया, पटुका (महिलाले लगाउने) हो भने अहिले पश्चिमा संस्कृतिको प्रभावले पनि विभिन्न पोशाक लगाउन शुरु गरेको पाईन्छ । यी जातिको मुख्य पेशा छालाबाट विभिन्न सामग्री जस्तै ः पैसा, जुत्ता, चप्पल, बेल्ट, झोला, मादल, बाजा, छालाको थैली, खैजडी, ढ््यांग्रो, मुढा आदि बनाउने गर्छन् । तर हाल अधिकांश रुपमा सार्की जातिले त्यस्ता परम्परागत पेशा छोड्न थालेका छन् ।
(लेखक ः दलित सेवा संघ जिल्ला शाखा धादिङका अध्यक्ष हुनुहुन्छ ।)