दुई बस र एक हाेटललाई जरिवाना

दुई बस र एक हाेटललाई जरिवाना

  • Kandara Samachar

  • बिहिबार, अशोज १७, २०८१

  • 133
    SHARES
दुई बस र एक हाेटललाई जरिवाना

धादिङ /

जनतालाई विपद परिरहेको समयमा राहत दिनु पर्ने समयमा नागरिकहरुलाइृ अनेकन बहाना बनाइ नागरिकहरुसंग कानुन विपरित भाडा असुली गर्ने, तथा होटलमा खानामा असव्स्थकर खाना कखुवाएको जानकारी आएपछि प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेको नेतृत्वमा बजार अनुगमन गरिएको छ । जिल्लामा हाजिर भएको दोश्रो दिन नै प्रमुख जिल्ला अधिकारी घिमिरेको अनुगमन टोलीले कानून विपरित संचालन गरेको होटल र यात्रु बसलाई कारबाही गरिएको छ ।
सवारी साधनमा टिकट नकाटेको, भाडादर नटाँसेको, तोकिएको भन्दा बढी भाडा लिएको, सिट क्षमताभन्दा बढी भाडा लिएको भन्दै धादिङ काठमाण्डौ चल्ने ग्रामीण यातायात धादिङको बा ५ ख ५७ नम्बरको यात्रु बसलाई १० हजार र चितवन काठमाण्डौ संचालन हुने लामा ट्राभल्सको ग १ ख ५५९२ को यात्रु बसलाई २० हजार जरिवाना गरिएको छ ।
उपभोत्तःा संरक्षण ऐन २०७५ दफा ३९ को उपदफा १ (क) बमोजिम कसुरको प्रकृति हेरी जरिवाना गरिएको रकम ७ दिनभित्र कार्यालयका आएर जम्मा गर्न कसुरदारहरुलाई निर्देशन गरिएको छ ।
यसैगरि अनुगमन टोलीले बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ३ मा रहेको पिस हेभन रेष्टुरेन्ट एण्ड गेष्ट हाउस एण्ड रिसोर्टमा होटलमा सरसफाइ नभएको, खानेकुरा छोपेर नराखेको, भाडाँमा झिँगा भन्केको, फोहोर भएको कसुरमा उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३९ को उपदफा १ (क) अनुसार २० हजार जरिवाना गरिएको जिल्ला अनुगमन समितिका सदस्य सचिव चुडामणि पुरीले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी घिमिरेले पत्रकारहरुसंग कुरा गर्दै आफू काम गर्न र कानुन पालना गराई शान्ति सुरक्षा तथा अमनचयनका लागि आउको बताउनुभएको छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar