मानव बेचविखन पीडितलाई पीडितमैत्री न्यायकाे माग

मानव बेचविखन पीडितलाई पीडितमैत्री न्यायकाे माग

  • Kandara Samachar

  • बिहिबार, भदौ २०, २०८१

  • 137
    SHARES
मानव बेचविखन पीडितलाई पीडितमैत्री न्यायकाे माग

नानु कार्की/धादिङ ।

मानव बेचविखन विरुद्धको १८ औं राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ।
मानव बेचविखन मानवता विराेधी अपराध भएकाेले अपराधमा सम्लग्नलाई कडा कारबाही गर्नुपर्ने, पीडित मैत्री न्याय सम्पादन हुनुपर्ने, पीडितलाई क्षतिपूर्ति तत्कार हुनुपर्ने, अपराधीलाई कानुनकाे छिद्रबाट उन्मुक्ति दिन नहुने सहभागिहरुले माग गरेका छन् ।
तिनै तहका सरकारको प्रतिबद्धता: मानव बेचविखन विरुद्ध सबैको ऐक्यबद्धता भन्ने मूल नाराको साथ मानव बेचविखन विरुद्धको १८औँ राष्ट्रिय दिवस मनाइएको हो।
भारतसंगको खुला सिमानका कारण महिला तथा बालिकाहरु बेचबिखनमा पर्ने गरेका छन् । उनीहरु वेश्यावृत्ति/यौन शोषण, घरेलु/होटल कामदारका रुपमा प्रयोग भैरहेका छन् । चीनमा भने विशेष गरी खासातिरको मनोरञ्जन क्षेत्र किशोरीहरुको प्रयोग हुने गरेको छ ।
मलेसिया, इजरायल, लेबनान, अफ्रिकी मुलुक, दक्षिण कोरियाजस्ता देशहरुमा कामदार, यौन शोषण प्रयोजनका लागि नक्कली विवाह तथा विद्यार्थीं भिजामाफर्त नेपाली महिलाहरु बेचविखनमा पर्दै आएका छन् । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) का अनुसार नेपालबाट वर्षेनी १० हजारदेखि १२ हजार सम्म महिला तथा बालबालिकाको बेचबिखन भैरहेको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar