बाबुकाे मृत्यु, आमा विदेश, तीन बालबालिका च्यातिएकाे लुगामा भाेकै विद्यालय

बाबुकाे मृत्यु, आमा विदेश, तीन बालबालिका च्यातिएकाे लुगामा भाेकै विद्यालय

  • Kandara Samachar

  • शुक्रबार, असार १५, २०८१

  • 217
    SHARES
बाबुकाे मृत्यु, आमा विदेश, तीन बालबालिका च्यातिएकाे लुगामा भाेकै विद्यालय

सीताराम अधिकारी/धादिङ ।

नीलकण्ठ नगरपालिका वडा नम्बर २ तिनघरे, तारे होटल समेत भएको सदरमुकामबाट १० किलोमिछरको दुरी । दिन दिनै असार मसान्तमा बजेट सक्नका लागि होटलमा हुने कार्यक्रम, मासुुभात र भत्ता तर तिनघरेको दलित समूदायका बालबालिका एक छाक खानका लागि गाउँचार्दै हिड्नुपर्ने बाध्यता छ । सरकारको ठूला योजना र स्थानीय सरकारले व्याख्या गरेको निशुल्क शिक्षा भित्रबाट गिज्याइरहेको गाउँ तिनघरे अनि यहामँका बालबालिका उनिहरुको तस्वीर हेर्दा पनि टिठ लागेर आउँछ । सरकार छ तर कहाँ छ तिनघरेले भोट दिने समयमा भन्दा बाहेक थाहा पाउन सकेका छैनन् ।
तिनघरेको अन्नपूर्ण आधारभुत विद्यालयमा दिउँसो १ बजे खाजा खाने समय भएको थियो । विद्यार्थीहरु खाजाखाने भाडोमा मासुचिउरा लिएर खाँदै थिए । सरकारले दिएको खाजाको १५ रुपैयाँले नपुुग्ने भए पनि कहिलेकाँही आफ्नो खर्च कटाएर भएपनि विद्यार्थीलाई मासु खुवाउने गरेको रहेछन् ।
नियमित खाजाको समयमा जस्तै खाजा खाने समयमा विद्यालय पसगेका चार जना विद्यार्थीको अवस्था भने फरक थियो ।
कक्षा १ का ६ वर्षीय रामशरण मिजार र उनका दाई ७ वर्षीय राजेन्द्र मिजार अरु विद्यार्थीभन्दा छुट्टै बसेका थिए । घुँडामा च्यातिएको पाइन्ट, एक जना शिक्षकले दिएको टिसर्ट, कालो खुट्टा लिएर मासुचिउरा खाँदै थिए । सबैजसो विद्यार्थी विद्यालय पोशाका थिए तर उनिहरु दाजुुभाइ विद्यालय पोशाकमा थिएनन् । त्यहि एउटा पोशाक राती सुतेको बेला पनि लगाउने गर्दा गर्दै फाटेपछि उनिहरुसंग अरुले दिएको लुुगा लगाउन विवस थिए ।
रामशरण र राजेन्द्र मात्र होइन उनिहरुका दिदि ९ वर्षीया पार्वती मिजार पनि सोही विद्यालयमा कक्षा ४ मा अध्यान गर्नुहुन्छ ।


मिजार परिवार नुवाकोटको तारुकाबाट तिनघरे आएर बसेको र यहाँ जग्गाजमिन समेत नहुँदा ज्याला मजदुुरी गरेर परिवार पाल्दै आएका थियो ।
२ वर्षअघि उनिहरुका बाबुराजकुमार मिजारको झुण्डीएर मृत्युभयो । गत तिन महिनाअघि उनिहरुको आमा जुठी मिजार परिवार पाल्न नसकेपछि बालबालिकालाई बचाउने उपाय खोज्दै कुुबेत पुुगेको र बालबालिकाहरु मामाघरको ७५ वर्षीया हजुरआमाकोमा छाडेर गएपछि उनिहरु बिचल्लीमा परेका हुन् ।
विहान उठेपछि धेरैजसो दिन ज्यालागरेर हजुरआमाले पकाएको खाना खाने तिनजना बालबालिकाहरु कहिलेकाँही भोकै विद्यालय आउने गरेको राजेन्द्रले नेपाल समाचारपत्रलाई बताए ।
विहान उठेपछि घरमा खानेकुरा नभएको दिनमा उनिहरु गाउँ चार्न निस्कन्छन् । केही पाए खाने । गाउँलेले दया गरेर दिए खाने गर्छन नदिए भोकै विद्यालय प’छन् । दिउँसोको विद्यालयको खाजा खानेसमय कुरेर निन्याउरो मुख लगाएर बसिरहन्छन् । खाजा खाएपछि बल्ल उनिहरुको अनुहार उज्यालो देखिन्छ ।
तिनघरेको सो विद्यालयमा उनिहरुजस्ता ७ जना बालबालिका छन् जो खाजा खानका लागि विद्यालय आउँछन् । विद्यालय पोशाक र स्टेशनरी समेत नभएपछि उनिहरुको लागि निशुल्क शिक्षाको कार्यक्रमले बेवास्ता गरेको जस्तो महसुस गरेका छन् ।
कक्षा ५ सम्मको पढाइहुने अन्नपूर्ण आधारभुत विद्यालयमा ६६ जना विद्यार्थी रहेकोमा ५० जना दलित विद्यार्थीमात्र रहेको विद्यालयका प्रधानाध्यापक उर्मिला तिमल्सीनाले बताउनुुभयो ।
उनिहरु अत्यन्त गरिब परिवारका बालबालिकामात्र भएको र गरिबीले गाउँजेको गाउँ भएकोले सामान्य जिवन यापनका लागि समेत कठिन रहेको छ ।

भोटमाग्ने बेला सबै राजनीतिक दल र उम्मेदवारहरु पुुगेपनि गरिबी र दुखको मलम लगाउन भने कोही गाउँमा नआएकोले गाउँका गरिबीमा पिल्सीएका मानिसका लागि देशमा आएको गणतन्त्रले गरिबका लागि केही नभएको महसुस भएको गाउँबासीहरुको भनाइ छ ।
कक्षा ५ सम्म संचालित विद्यालयमा ४ जनामात्र शिक्षक, अनि गरिव समुदाय भएकाे अवस्थामा कठिनपुर्वक नियमित कक्षा संचालन गर्नुपरेको प्रधानाध्यापक तिमल्सिनाकाे भनाइ छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar