 
                                                                                                      बहर : हजज मुसम्मन सालिम मकबुज
वजन: 1212–1212–1212–1212
अर्कान: ( मफाइलुन् मफाइलुन् ) ×२
काफिया: आन
तहलिली रदिफ: झैँ
स्वतन्त्र रदिफ: छ जिन्दगी
गजल
         ✍️ शर्मिला तिमल्सिना
सदैव कृष्ण पक्षको बिहानझैँ छ जिन्दगी
नसाेच चैत मासको तुफानझैँ छ जिन्दगी
निराश छैन जिन्दगी सुमार्गमा हिँडौँ सधैँ
जताततै  हराभरा  बगानझैँ  छ  जिन्दगी
विभेद हुन्छ जातको जताततै  समाजमा
पवित्र ध्येय  राख है समानझैँ छ जिन्दगी
छ स्वार्थ राजनीतिले सदैव दिन्छ यातना
नबुझ्नू देश हाँकिने  विधानझैँ छ जिन्दगी
सकिन्न थेग्न मन्दीले घटेन मूल्य वस्तुको
महङ्गीले  यहाँ हुँदै मसानझैँ  छ  जिन्दगी
शर्मिला तिमल्सिना
[स्वर्ण पाठशाला]
 
                     
                             
                                                     
                                                     
                                                     
                                                     
                                                    