चालिसेकाे सात सवारी दुर्घटनामा २८ घाइते अवरुद्ध पृथ्वी राजमार्ग सुचारु (घाइतेको नाम समेत)

चालिसेकाे सात सवारी दुर्घटनामा २८ घाइते अवरुद्ध पृथ्वी राजमार्ग सुचारु (घाइतेको नाम समेत)

  • Kandara Samachar

  • शनिबार, मंसिर २१, २०८२

  • 302
    SHARES
चालिसेकाे सात सवारी दुर्घटनामा २८ घाइते अवरुद्ध पृथ्वी राजमार्ग सुचारु (घाइतेको नाम समेत)
  • नानु कार्की/ धार्के

 

धादिङकाे धुनिबेँशी नगरपालिका वडा नम्बर ६ चालिसेस्थित पृथ्वी राजमार्गमा सोमबार साँझ करिब ४ बजे भएको सात ओटा सवारी साधन ठाेक्किएर दुर्घटना हुँदा २८ जना घाइते भएका छन् ।

काठमाडौंबाट गजुरीतर्फ तथा विपरीत दिशाबाट गुडिरहेका सवारी साधनहरू एकआपसमा ठोक्किँदा दुर्घटना भएकाे हो।

काठमाडौंबाट गजुरीतर्फ जाँदै गरेको बा.प्र.००१ क ००११ नम्बरको स्कुल बस, सोही दिशातर्फ गइरहेका NL 01 AB 4654 नम्बरको डिब्बा गाडी, ना ४ ख ७१५ नम्बरको ट्रक, लु ९५ प ३०७ नम्बरको मोटरसाइकल र GJ 03 AK 3231 नम्बरको बस तथा विपरीत दिशाबाट आउँदै गरेको ग १ ख ८५५१ नम्बरको बस र बा १ प ९१७ नम्बरको पर्यटक बस एकआपसमा ठोक्किएका हुन्।

भारतीय नम्बर प्लेटको ट्रकको ब्रेक फेल भएपछि अन्य गाडीलाई ठक्कर दिएकाे जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले बताउनुभयाे ।

दुर्घटनामा दुई वटा बसमा सवार धेरैजसाे यात्रु घाइते भएका छन् । २८ जना घाइतेहरूलाई उद्धार गरी नजिकैको स्वास्थ्य संस्था र काठमाण्डाैतर्फ पठाइएकाे प्रहरीले जनाएकाे छ ।

दुर्घटनापछि इलाका प्रहरी कार्यालय खानिखोलाबाट प्रहरी निरीक्षक नन्दराज जैसीको कमाण्डमा खटिएको प्रहरी तथा ट्राफिक टोलीले घाइतेहरूलाई तत्काल उद्धार गरी स्थानीय स्वास्थ्य संस्थाहरू र काठमाडौँतर्फ उपचारका लागि पठाएको जनाइएको छ।

दुर्घटनाका कारण पृथ्वी लोकमार्गको उक्त खण्ड दुईतर्फी रूपमा अवरुद्ध बनेकोमा बेलुकि ७:३० बजे दुर्घटनाग्रस्त सवारी हटाएपछि राजमार्ग सुचारु भएकाे छ ।

घाइतेहरूको विवरण

१) बा १ प ९१७ नं. बस (गोरखा → काठमाडौं) का घाइते

  1. बिनोद पोकरेल, ५१, पालुङटार–४, गोरखा – निधारमा चोट, मध्यम (काठमाडौँ पठाइयो) – ९८४०१५७०७१
  2. मिना पनेरु, ३३, पालुङटार–३ – निधार, दायाँ हात र खुट्टा, मध्यम (काठमाडौँ)
  3. इन्द्र कुमारी देवकोटा, ६९, पालुङटार–१ – निधारमा चोट, मध्यम (काठमाडौँ)
  4. सिता गजुरेल, ६५ वर्ष, पुरानो गुजेश्वरी, काठमाडौं – निधारमा चोट, मध्यम – ९८४१४२७८६५
  5. अजय घिमिरे, ४० वर्ष, राईनिस–१, लम्जुङ – च्यापुमा चोट, सामान्य (सायबाबा अस्पताल → काठमाडौँ)
  6. सुर्य घिमिरे, ४० वर्ष– आँखा माथि सामान्य चोट (डिस्चार्ज)
  7. कुशल घिमिरे, १५ वर्ष– आँखा मुनि सामान्य चोट (डिस्चार्ज)

२) बा.प्र.०६–००१ ग ००११ स्कुल बस (काठमाडौं → चितवन) का घाइते

  1. उदय बहादुर थापा, ४२ वर्ष, कालिका–६, चितवन – दायाँ खुट्टामा चोट, सामान्य – ९८४९०९९९८२
  2. सुवित थिङ, १६ वर्ष– सामान्य (डिस्चार्ज)
  3. कबिता सिँङ, १५ वर्ष– टाउकोमा १० टाँका, खुट्टामा सामान्य चोट (उपचार हुँदै)
  4. यमवि श्रेष्ठ, १६ वर्ष – निधारमा १० टाँका
  5. रमित परियार, १५ वर्ष – दाहिने आँखामाथि १४ टाँका
  6. समिर मगर, १६ वर्ष– टाउको तथा ढाडमा सामान्य चोट
  7. इस्माईल थिङ, १५ वर्ष– आँखातर्फ र दायाँ हातमा चोट
  8. कमला लामिछाने, ३२ वर्ष – दायाँ खुट्टामा सामान्य चोट
  9. सचिन गुरुङ, १३ वर्ष – छातिमा भित्री चोट
  10. शिव लामिछाने, २३ वर्ष– दुवै खुट्टामा भित्री चोट
  11. आस्विन प्रजा, १६ वर्ष – टाउकोमा चोट, मध्यम (ट्रमा सेन्टर)
  12. राधिका चेपाङ, १६ वर्व– खुट्टामा चोट
  13. मिलन तामाङ, १६ वर्ष– सामान्य (डिस्चार्ज) – ९७६१११०४००
  14. कशिस तामाङ, ७ वर्ष– घाटिमा चोट
  15. सन्तोष प्रजा, १८ वर्ष – बाँया हात र टाउकोमा चोट
  16. बिराज तामाङ, १५ वर्ष– घाटिमा सामान्य चोट
  17. जयराम अर्याल, १२ वर्ष– टाउकोमा सामान्य चोट
  18. निशान गुरुङ, १७ वर्ष – टाउको तथा अनुहारमा चोट
  19. समिर परियार, १६ वर्ष– नाकमा चोट
  20. जसमिन श्रेष्ठ, १६ वर्ष – बाँया कोखामा चोट
  21. कमल गुरा, २० वर्ष– टाउको सुन्निएको
  22. रविना सुनार, १६ वर्ष – बाँया हातमा चोट
  23. प्रतिमा मगर, १८वर्ष, ईच्छाकामना–७ – दायाँ खुट्टा दुखाइ
  24. आयुब बी.के., १४ वर्ष– दुवै हातमा चोट
  25. बिमला तामाङ, १५वर्ष – दायाँ खुट्टा र बाँया हातमा चोट

३) अन्य सवारीका घाइते

  1. सेख खलि, ५९ वर्ष, थाक्रे–६, धादिङ – मोटरसाइकल चालक, शरीरका विभिन्न भागमा चोट, अवस्था गम्भीर (टिचिङ अस्पताल)
  2. डिब्बा गाडी NL01AB4654 चालक, करिब ३०–३५ वर्ष – खुट्टा र घाँटीमा गम्भीर चोट (ट्रमा सेन्टर)
  3. राजु कार्की, ४४ वर्ष , पालुङटार–३, गोरखा – ग १ ख ८५५१ बस चालक, हातमा सामान्य चोट (डिस्चार्ज


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar