टिपर दूर्घटनामा चालकको मृत्यु

टिपर दूर्घटनामा चालकको मृत्यु

  • Kandara Samachar

  • बुधबार, भदौ २५, २०८२

  • 132
    SHARES
टिपर दूर्घटनामा चालकको मृत्यु

धादिङ

धादिङको सिद्दलेक गाउँपालिका-६ फिसफिसेटारमा टिपर दूर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

धादिङबेसीबाट मलेखुतर्फ जाँदै गरेको बागमती प्रदेश ०१- ००४ क १०८१ नम्बरको टिपर गय राती दूर्घटनामा परेको भएपनि आज (बुधबार) स्थानीयले देखेका हुन् ।

टिपर दूर्घटनामा परेको देखेपछि हेर्न जाँदा गजुरी गाउँपालिका-५ घर भएका टिपर चालक मृत अवस्थामा भेटिएको हो ।

चालकको शव स्थानीयले छोपेर राखेका छन् । प्रहरीमा भर्खरै मात्रै खबर आएको र जिल्ला प्रहरी कार्यालय धादिङको टोली घटनास्थल तर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।

टिपर सडकबाट तल खेतमा पुगेको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar