संघीयताको सुदृढ बनाउन कर्मचारीहरूको क्षमता, जवाफदेहिता र निष्ठा महत्वपूर्ण : संविधानविद डा. काशिराज दहाल

संघीयताको सुदृढ बनाउन कर्मचारीहरूको क्षमता, जवाफदेहिता र निष्ठा महत्वपूर्ण : संविधानविद डा. काशिराज दहाल

  • Kandara Samachar

  • सोमवार, भदौ २३, २०८२

  • 156
    SHARES
संघीयताको सुदृढ बनाउन कर्मचारीहरूको क्षमता, जवाफदेहिता र निष्ठा महत्वपूर्ण : संविधानविद डा. काशिराज दहाल
oplus_0

धादिङ । 

२२ औँ निजामती दिवसको सन्दर्भमा धादिङमा आयोजित संघियतामा कर्मचारी र समसामयिक बिषयमा प्रवचन कार्यक्रम सम्पन्न भयाे ।

सम्बिधानविद/ प्रसासनाबिद ” काशीराज दाहाल ” बाट संघियतामा कर्मचारी र समसामयिक बिषयमा प्रवचन दिनुभयाे ।

कर्मचारी मिलन केन्द्र, धादिङका अध्यक्ष विष्णुप्रसाद आचार्यकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नीलकण्ठ नगरपालिका प्रमुख भिम प्रसाद ढुंगाना, प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी लगातले शुभकामना व्यक्त गर्नुभयाे ।

“संघीयतामा कर्मचारी र समसामयिक विषय” विषयक प्रवचनमा संविधानविद् तथा प्रशासनविद् काशीराज दाहालले कार्यक्रममा संघीयता, कर्मचारीको भूमिका र वर्तमान प्रशासनिक चुनौती रहेकाे बताउनुभयाे ।

दाहालले आफ्नो प्रवचनमा संघीयताको अभ्यासलाई प्रभावकारी बनाउन कर्मचारीहरूको व्यावसायिकता, पारदर्शिता र जवाफदेहिता अपरिहार्य हुनेमा जोड दिनुभयो। उहाँले भन्नुभयो– “संघीयता भनेको केवल अधिकारको मात्र कुरा होइन, जिम्मेवारीको पनि कुरा हो। कर्मचारीले सेवाग्राहीलाई निष्पक्ष र समयमै सेवा दिन सके मात्रै संघीयता सफल हुन्छ।”

 

समसामयिक प्रसङ्ग उल्लेख गर्दै उहाँले थप भन्नुभयो– “आजको अवस्थामा राजनीतिक अस्थिरता, स्रोत–साधनको कमी र नागरिकको बढ्दो अपेक्षा ठूलो चुनौती बनेको छ। यी चुनौतीबीच पनि कर्मचारीले दक्षता, निष्ठा र इमान्दारिताका साथ काम गर्न सके भने प्रशासन जनउत्तरदायी बन्छ।”

दाहालले संघीयताको अभ्यासलाई अझ सुदृढ बनाउन कर्मचारीहरूको क्षमता, जवाफदेहिता र निष्ठा महत्वपूर्ण हुने बताउनुभयाे ।

कार्यक्रम कर्मचारी मिलन केन्द्र, धादिङका अध्यक्ष विष्णुप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा नीलकण्ठ नगरपालिका प्रमुख भिमप्रसाद ढुंगाना, प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

शुभकामना वक्ताहरूले निजामती सेवामा सेवाभाव, लगनशीलता र पारदर्शिता कायम गर्न सके मात्र लोकतान्त्रिक शासन प्रणाली मजबुत हुनेमा जोड दिएका थिए।

युवा र निजामति विषयमा सम्पन्न कविता प्रतियाेगिता र व्याडमिन्टन प्रतियाेगितामा विजयी भएकालाई पुरस्कार वितरण गरिएकाे थियाे ।

यसअघि धादिङबेसी पुछारबजारबाट सिटिहलसम्म प्रभातफेरी कार्यक्रम सम्पन्न भएकाे थियाे ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar