मौसमजन्य विपद्बाट जोगिन तथा सजग रहन प्रधानमन्त्रीको आह्वान

मौसमजन्य विपद्बाट जोगिन तथा सजग रहन प्रधानमन्त्रीको आह्वान

  • Kandara Samachar

  • आइतवार, साउन ५, २०८२

  • 183
    SHARES
मौसमजन्य विपद्बाट जोगिन तथा सजग रहन प्रधानमन्त्रीको आह्वान

काठमाडौँ,  ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यकबाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन समस्त देशवासीमा अनुरोध गर्नुभएको छ । साथै उहाँले मौसमजन्य विपद्बाट जोगिन तथा सजग रहन आह्वान पनि गर्नुभएको छ ।
जल तथा मौसम विज्ञान विभागले आज दिउँसो देशका विभिन्न स्थानमा भारी वर्षा हुने अनुमान गरेकाले अत्यावश्यकबाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन अनुरोध गर्नुभएको हो । विभागले जारी गरेको विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री सामाजिक सञ्जालमा सचेत रहन अनुरोध गर्नुभएको हो ।
“शुभ बिहानी ! मौसम विज्ञान विभागले आज दिउँसो देशका विभिन्न स्थानमा भारी वर्षा हुने अनुमान गरेको छ । मौसमजन्य विपद्बाट बच्न सुरक्षा निकायले आवश्यक सतर्कताका लागि जारी गरेको सूचनालाई पालना गरौँ । अत्यावश्यकबाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन अनुरोध गर्दछु । सुरक्षाकर्मीलाई आवश्यक सुरक्षाको तयारी अवस्थामा रहन निर्देशन गर्दछु”, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar