रसुवा बाढीमा १८जना बेपत्ता

रसुवा बाढीमा १८जना बेपत्ता

  • Kandara Samachar

  • मङ्लबार, असार २४, २०८२

  • 72
    SHARES
रसुवा बाढीमा १८जना  बेपत्ता

काठमाडौँ।

मंगलबार बिहान रसुवागढी नाकास्थित भोटेकोशीमा आएको आकस्मिक बाढीमा १८ जना सम्पर्कविहीन भएका छन् । यस्तै नौ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार सम्पर्कविहीन हुनेहरूमा ३ जना प्रहरी ९ जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक रहेका छन् । चारैतर्फ बाढी रहेकाले उद्धारमा कठिनाइ भएको सप्रहरीको भनाइ छ।

बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगाएको छ । साथै भन्सार यार्डमा रहेका केही मालवाहक कन्टेनर डिब्बा बगाएको प्रहरीले जनाएको छ । त्यस्तै टिमुरेस्थित ईभी चार्जिङ स्टेसनमा क्षति पुगेको छ । त्यहाँ रहेका केही ईभीहरूसमेत बगाएको छ । रसुवागढी जलविद्युत् आयोजनाको ड्याममा पनि क्षति पुगेको प्रहरीको भनाइ छ ।

नदीमा पानीको बहाव भएकाले स्थानीय नागरिकलाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar