सहयात्री समाज नेपालको आयोजनामा सामाजिक सचेतना कार्यक्रम सम्पन्न

सहयात्री समाज नेपालको आयोजनामा सामाजिक सचेतना कार्यक्रम सम्पन्न

  • Kandara Samachar

  • बिहिबार, असार ५, २०८२

  • 211
    SHARES
सहयात्री समाज नेपालको आयोजनामा सामाजिक सचेतना कार्यक्रम सम्पन्न

तनहुँ ।

 सहयात्री समाज नेपालको आयोजनामा मुगलिन–पोखरा सडक सुधार परियोजना अन्तर्गत सामाजिक सचेतना तथा जीविकोपार्जन कार्यक्रम सम्पन्न भएको छ।

शुक्लागण्डकी नगरपालिका अन्तर्गत जनकल्याण माध्यमिक विद्यालय र पञ्चमुनिदेव माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई लक्षित गरी आयोजित कार्यक्रममा विभिन्न सामाजिक र स्वास्थ्यसम्बन्धी विषयमा चेतनामूलक सन्देश दिइएको थियो।

कार्यक्रममा एचआईभी/एड्स, मानव बेचविखन, यौनजन्य हिंसा तथा दुव्र्यवहार, लागूऔषधको दुरुपयोग तथा सडक सुरक्षाका विषयहरूमा सचेतना दिइएको आयोजक संस्था सहयात्री समाज नेपालले जनाएको छ।

उक्त प्रशिक्षणमा सामाजिक परिचालक गीता खनाल र ऋषि दुवाडीले विद्यार्थीहरूसँग अन्तरक्रिया गर्दै व्यवहारिक जानकारी प्रस्तुत गरेका थिए। कार्यक्रमले विद्यार्थीहरूमा सामाजिक संवेदनशीलता र व्यक्तिगत सुरक्षा प्रति चेतना जागृत गराएको थियो।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar