राजनीतिक विचार बोकेकै आधारमा जेल, नेल, दुःख कष्ट झेलेर व्यवस्था ल्याइएको हाे : एमाले उपाध्यक्ष पाेखरेल

राजनीतिक विचार बोकेकै आधारमा जेल, नेल, दुःख कष्ट झेलेर व्यवस्था ल्याइएको हाे : एमाले उपाध्यक्ष पाेखरेल

  • Kandara Samachar

  • शनिबार, जेष्ठ ३२, २०८२

  • 77
    SHARES
राजनीतिक विचार बोकेकै आधारमा जेल, नेल, दुःख कष्ट झेलेर व्यवस्था ल्याइएको हाे : एमाले उपाध्यक्ष पाेखरेल

काठमाडौं,

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वर्तमान शासन व्यवस्था त्यतिकै नआएको बताउनुभएको छ ।
रामेछापका नेकपा एमालेका पुराना नेता एवं पार्टीका केन्द्रीय परिषद् सदस्य राजकुमार श्रेष्ठद्वारा लिखित पुस्तक आफ्नै कथा आफ्नै व्यथा शुक्रबार काठमाडौंमा लोकार्पण गर्दै पोखरेलले राजनीतिक विचार बोकेकै आधारमा जेल, नेल भोगेर अनेक दुःख कष्ट झेलेर यो व्यवस्था ल्याइएको उहाँले बताउनुभयो । ‘बाहिर भनेर हिँड्न पाइँदैन थ्यो, संगठन गर्नेहरू दण्डको भागिदार होइन्थ्यो, त्यसका विरुद्ध लडेर ल्याएको व्यवस्था हो यो’, उहाँले भन्नुभयो ।
निष्ठा र विचारलाई जोगाउँदै आन्दोलन गरेर अहिलेको व्यवस्था स्थापित गरिएको उहाँले बताउनुभयो । अहिलेका कतिपय नयाँ पुस्तालाई हिजोका पुस्ताले गरेको संघर्ष पत्याउन समेत गाह्रो भएको उहाँले स्पष्ट पार्नुभयो ।
होटेल ए वान प्यालेस शंखमुलमा भएको कार्यक्रममा बोल्दै उहाँले निष्ठामा बाँच्ने कुरा निक्कै कठिन भएको पोखरेलले बताउनुभयो । पार्टीका नेताहरूमा आलोचनात्मक चेत हुनुपर्ने बताउँदै उहाँले आज आलोचनात्मक चेत भइरहेको बेलामा आत्मसमीक्षा गर्ने संस्कृति विकास गर्न आवश्यक रहेको उहाँले स्पष्ट पार्नुभयो ।
हिजो माओवादी र एमाले बिच महान् एकता भनेर गरिएको एकताले कम्युनिष्ट पार्टीमा धेरै विकृति र विसङ्गति ल्याएको उहाँले बताउनुभयो । श्रेष्ठले आफ्नो पुस्तकमा त्यसको समीक्षा गर्नुभएको भन्दै पोखरेलले धन्यवाद दिनुभयो ।
नेपाल भौगोलिक, जातीय र भाषिक विविधताको देश भएको बताउँदै उहाँले त्यसलाई सम्मान र सम्बोधन गर्ने कुरामा केही त्रुटि भएको भए एमाले सच्याएर अघि बढ्ने स्पष्ट पार्नुभयो । एमाले विगतमा भएका कमजोरी सच्याउँदै अघि बढ्न हिम्मत गर्ने पार्टी भएकोले एमाले माथि प्रहार भएको उहाँले स्पष्ट पार्नुभयो ।
कार्यक्रममा बोल्दै एमाले नेता अमृत बोहराले श्रेष्ठका पुस्तकमा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक जागरणका विषय समेटिएको बताउनुभयो । नेपाली कम्युनिष्ट आन्दोलनलाई सहयोग गर्न राजकुमारको महत्त्वपूर्ण योगदान रहेको उहाँले बताउनुभयो ।
आफूलाई कम्युनिष्ट आन्दोलनको पक्षधर भन्ने र राजनीतिक संगठन गर्ने माओवादीले राजकुमारका दुई जना भाइहरूको हत्या गरेका र राजकुमारलाई मृत्युदण्डको सजाय सुनाएर विस्थापित गराएका बोहराले स्मरण गराउनुभयो ।
एमाले नेता केशव बडालले निरन्तरता र धर्यता राजनीतिको गहना भएको बताउनुभयो । त्यो गुण राजकुमारबाट सिक्नु पर्नेमा उहाँले जोड दिनुभयो । पञ्चायतकालमा शिक्षक आन्दोलन होस् वा राजनीतिक र सामाजिक आन्दोलन सबैमा राजकुमारको महत्त्वपूर्ण योगदान रहेको बडालले बताउनुभयो ।
माओवादीले भाइहरूको हत्या गर्दा समेत निरन्तर रूपमा सत्यको पक्षमा बोलिरहने र लडिरहने क्षमता राजकुमारको निरन्तरताको प्रतीक भएको उहाँले बताउनुभयो । कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउनु पर्छ भन्ने भावना अहिले पनि उहाँको छातीमा अङ्कित रहेको भन्दै बडालले प्रशंसा गर्नुभयो ।
पुस्तकका लेखक राजकुमार श्रेष्ठले आफ्नो पुस्तकको प्रेरणाको स्रोत नेपाली नागरिक भएका बताउनुभयो । आफूले गरेको काम र आफूले भोगेका महत्त्वपूर्ण कुराहरूलाई समेटेर पुस्तक तयार गरेको श्रेष्ठले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar