
✍️ नरनाथ लुईटेल
धादिङको थार्के स्थित महादेबेसिमा दुई तिरबाट बग्ने आग्रा र महेश खोलामा गिटि बालुवा संकलन गरेर जिबिको पार्जन गरिरहेका ४/५ सय मजदुरहरूका छोराछोरि पढाउन क. गोकर्ण रूपाखेतिको पहलमा २०५७ साल जेठ १५ गतेबाट जनजाग्रति स्कुल खोलेर बालबिकाश समाजको सहयोगमा संचालनमा रहेछ । म संगठनको काममा त्यहि बाटो भएर आउदा जादा खोलामा ठूलो संख्यामा गिट्टी मजदुर देखेर जहाँ श्रमिक त्यहा क्युपेक नेपाल बनाउने उदेश्यका साथ २०५८ सालको जेठ महिना अन्तिम तिर थार्के महदेबेशि खोला धादिङ जहाँ धेरै गिट्टी र बालुवाको काम गर्ने मजदुरहरू थिए । मैले धादिङ घर भएका यातायात मजदुर रामकृष्ण न्याैपानेसंग सल्लाह गरेर थार्के महादेबिसि खोलामा सयाै गिट्टी मजदुर देखेर त्यहा संगठन गर्न पुगेउ उहाले त्यहा एउटा संस्था बनाएर काम गरि रहेका एकजना सचेत युवा गोकर्ण रूपाखेति संग सम्पर्क गराई दिनु भयो । म पटपटक त्याहा गई रहे निर्मण मजदुर गिटि बालुवामा काम गर्ने ३/४ सय मजदुरहरू त्यहा थिए । बच्चाहरू बगरमै खेलि रहेका देखेर स्कुल पढन प्रेरित गरेउ । स्कुल सडक बिभागले सडक बनाउदा बनाएका टहराहरूमा पढाईने र तिटहराहरू लथालिङ्ग थिए। जिफन्टमा एकजना कोरियन साथि सिसिलिया दिदी आउनु हुन्थ्यो । कमरेड बिष्णु रिमालालाई हामिले माधेबेशि खोलाका मजदुरहरूको बारेमा केही गराै भनेको थियाै ।उहाले पनि धेरै पहल गरेर स्कुलको भाैतिक निर्माणमा सानो सहयोग गर्ने हुनु भएछ । तर उहाहरू त्यहा गएर स्थलगत भ्रमण गर्ने बिचार भएछ । २०५८ सालमै २० जना भन्दाबढि कोरियन मजदुर नेताहरू आउनु भयो उहाहरूलाई लिएर । जिफन्टका तत्कालीन नेता सहित म पनि थार्के माधेबेशि गयाै । जनजाग्रिति प्रथामिक स्कुलमा कार्यक्रम राखिएको थियो । गोकर्ण रूपाखेतिजिको नेतृत्वमा त्यहा बाटो बाटोमा गेट बनाएको रहेछ । हामी छक्क परेउ । स्कुलका साना नानिहरू जो गिट्टी मजदुरका छोरा छोरी ले नाच देखाए त्यो देखेर कोरियनसाथिहरू पनि अति खुसि भए । उनिहरूले समेत कोरियन सास्कृतिक कार्यक्रम देखाए । जब कार्यक्रम सकियो । मलाई भने श्रमिकहरूको बस्ति देखाउन मन लाग्यो । जाडोको बेला उनिहरूको एृउटा वडने थिएन । जहा म पटकपटक गएर हेरेको थिए बसेको थिए । उनिहरू मजदुरका छाप्रामा पुगे नियाले केही भनेन । तर पछि उनिहरूले प्रत्येक श्रमिकहरूको संख्या निकाल्न लगाए हामी त्यहा गएर डाटा निकालेउ । २०६० मा जाडोको सिजनमा हरेक श्रमिकहरूलाई न्यानो कपडा र न्यानो वाडने बितरण गर्ने प्रस्ताब आयो । त्यतिखेर सम्म हामिले ४५० जना भन्दा बढि गिट्टी मजदुरहरूलाई सदस्य बनाई कमिटि गठन गरि सकेका थियाै । म कहिले खाना खान र रात बिताउन त्यहि छाप्रमा पुग्थे । कहिले कहि गोकर्ण रूपाखेतिको घरमा जान्थे गोकर्ण जिको परिवारले खुब सत्कार र सम्मान साथ खाने र बस्ने ब्यवस्थापन गरिदिनु हुन्थ्यो ।
कोरियन साथिहरूको न्यानो लुगा बितरणको प्रस्ताबमा जिफन्टका तत्कालिन नेताहरूले बितरण गर्न आफै आउनु भन्नू भए छ । उनिहरू आफै आए बितरणमा जिफन्टका तत्कालीन अध्यक्ष मुकुन्द न्याैपाने, महासचिव क. बिष्णु रिमाल कोषाध्यक्ष क. बिनोद श्रेष्ठ पनि जानू भयो । क्युपेक तत्कालीन अध्यक्ष क. जितेन्द्र श्रेष्ठ र म ३ वटा गाडिमा बितरण गर्ने सामाग्री लिएर गयाै । गिट्टी मजदुरलाई क. गोकर्ण रूपाखेति, सानुकान्छा आले पुर्ण बहादुर कार्कि लगायतका साथिहरूलाई ७ दिन अगाडि म गएर बैठक राखि ब्यस्थापन र सुचना दिनु भनी योजना बनाएको हुदा उहाहरूले राम्रोसँग ब्यवस्थापन गर्नु भयो । गिटि श्रमिकहरू लाईनमा अनुसाशनमा बसेर क्युपेक नेपालको सदस्यता देखाउदै ४५० परिवारले सामान बुझदा जिफन्ट अध्यक्ष, महासचिव र कोरियाबाट आएका मजदुर साथिहरूले हामिलाई बधाई र धन्यवाद दिनु भयो । म खुसिले गदगद भए । आज भोलि त्यहि बाटो हिडदा याद गर्छु माधेबेशि खोलामा त्यस बेला काम गर्ने श्रमिक देखिदैनन ? आज भोलि कहाँ छन होला । के गर्दै छन भन्ने जिज्ञसा भएर केहिदिन अगि पुर्वबाट फर्कदा त्यहा खोला छेउको एउटा कटेमा एकछिन पसेर सोधे बिगतका गिट्टी मजदुर कहाँ गए । उतर थियो । यहाँ ढुगा सिधिएर कोहि माथि तिर सरे कोहि मरे कोहि छोराछोरी कमाउन थाले र पेसा नै गर्न छोडे भने धन्य मैले कुरा गर्ने साथि बिगतमा मैले नै बनाएका सदस्य रहेछन । खुसि भए समय थिएन म सम्झना भने ताजा नै लिएर राजधानि फर्किए ।
जनजाग्रति स्कुल त्यसबेला प्राबि स्वकृति भएकै थिएन हाल जनजाग्रिति माध्यामिक बिध्यालय महादेबिसि, धादिङ राम्रो भवनका साथ चलिरहेछ । शुभकामना छ चलिरहोस ।