
प्रस्तोताः उत्तम कँडेल
प्रारम्भः विश्वले आज ५३ औ विश्व वातावरण दिवस मनाउदैछ । सन् १९७३ पछि लगातार मनाईदै आएको वातावरण दिवसको यस वर्षको नारा भने “प्लाष्टिक प्रदुषणको न्युनिकरण ः हाम्रो दायित्व” भन्ने राखिएको छ । मानव जातीले विश्व तापक्रम वृद्घीको महसुस गर्न थाले पछि स्विडेनको स्टकहोममा जलवायु परिवर्तन सम्वन्धी विश्व सम्मेलन गरेर वैज्ञानीकहरुले सन् १९७२ मै पर्यावरणीय गिरावटवारे विश्व समाजलाई जानकारी गराएका थिए । त्यसयता विश्वमा जलवायु संकटको सुई झन् झन् खतर्नाक विन्दु तर्फ उक्लदै गैरहेको छ भने अमानवियकरणको श्रृङखला पनि उत्कर्षमा पुगेको छ । वढ्दो जलवायु सङकटको कारण जिवन र जगतको अस्तित्व माथी नै प्रश्नचिन्ह खडा भए पछि आजकल विश्वले हरेक वर्ष यस्ता सम्मेलनहरु गरेर विश्व समाजलाई सचेत गराउदै आईरहेको छ ।
प्लाष्टिक पदुषण के हो ?ः पर्यावरण विनासमा प्रभाव पार्ने अनेक तत्वहरु मध्ये प्लाष्टिक एक डरलाग्दो तथा अत्यन्त हानीकारक उत्पादन हो । वास्तवमा यो पेट्रोकेमिकल्स हो । प्लाष्टिक हम्मेसी नगल्ने एक प्रकारको रसायनिक वस्तु हो । एउटा केराको वोक्रा गल्न एक महिना पनि लाग्दैन तर एउटा प्लाष्टिक कुहिन हजार वर्ष लाग्छ । प्लाष्टिक खनिज तेल, प्राकृतिक ग्यास, कोईला आदी अनेक प्रकारका रसायनिक पदार्थवाट वनाईन्छ । प्लाष्टिकमा पोलिथिन, पोलिमिनाईल र पोलिस्टिन जस्ता दुषित र हानिकारक रसायनहरु मिसाईएको हुन्छ । जुन उपयुक्त मौकामा मानव शरिर भित्र प्रवेश गरेर त्यसले क्यान्सर, हृदयघात, मस्तिष्कघात, श्वासप्रश्वास, प्रजनन समस्या, स्नायु समस्या जस्ता घातक रोगहरु निम्त्याउछ । त्यसवाहेक प्लाष्टिकले हावा, पानी, माटो, जैव–विविधता, खाद्य उत्पादन समेतलाई गम्भीर असर पु¥याउछ । आजकल त मस्तिष्कमा समेत प्लाष्टिकजन्य कणहरु घुसेर मानव स्वास्थ्य माथी नै घातक हमला भैरहेको वैज्ञानीकहरुले वताउदै आएका छन् ।
प्लाष्टिकको इतिहाँसः १५७ वर्ष अघि सन् १८६८ देखी विश्वमा प्लाष्टिकको उत्पादन, प्रयोग र विकास हुँदै आएको मानिन्छ । त्यतिवेला मानीसहरु प्लाष्टिकलाई एक जिवनपयोगी आविस्कार ठान्दथे । हुन पनि प्लाष्टिकले त्यतिवेला धातु र काठलाई विस्थापित गरेर जिवनलाई सजिलो वनाएको थियो । सस्तो, हल्का, लचिलो र नफुट्ने भएकोले मानिसहरु यसलाई मानव चेतनाको चमत्कार ठान्दथे । वर्षहरु वित्दै जादा आज प्लाष्टिक प्रकृति र जिवन विरोधी भयानक चुनौती वनेर प्रकट भएको छ । त्यसैले आज मानीसहरु जिवन रक्षाको लागी प्लाष्टिक र यसको विकल्पवारे संसारभर वहस गर्न थालेका छन् ।
प्लाष्टिकको व्यवसायीक उत्पादन भने दोश्रो विश्व युद्घ पछि सन् १९५० को आसपासवाट भएको देखिन्छ । सन् १९५० तिर आईपुग्दा विश्वमा प्रतिवर्ष आधा मिलीयन टन जती प्लाष्टिक उत्पादन र वितरण भएको देखिन्छ । जो सन् २०२३ सम्म आईपुग्दा वार्षिक चारसय मिलियन मेट्रिक टनसम्म आईपुगेको तथ्याङक सार्वजनिक भएको छ । यो भनेको हरेक वर्ष विश्वले ४० करोड मेट्रिक टन थप प्लाष्टिक उत्पादन र वितरण गदै आएको छ भन्ने हो । हालसम्म विश्वमा आठ अर्व मेट्रिक टन प्लाष्टिक उत्पादन र वितरण भैसकेको ठानिएको छ ।
प्लाष्टिक उत्पादन र प्रयोगः ज्यादा प्लाष्टिक प्रयोग गर्नेहरुमा गरिव तथा अविकसीत देशहरु भए पनि अत्याधिक प्लाष्टिक उत्पादन गर्नेमा विकसीत देशहरु नै पर्दछन् । भनिन्छ, संसारमा एसियाली र अफ्रिकीहरु ज्यादा प्लाष्टिक प्रयोग गर्नेमा पर्दछन् भने युरोप अमेरीका लगायतका देशहरु अत्याधिक प्लाष्टिक उत्पादन गर्नेहरुमा पर्दछन् । आज धनीहरु गरिवहरुलाइ प्लाष्टिक वेचेर अत्याधीक धन कुम्ल्याउदै आईरहेका छन् । यसको मतलव विकसित तथा धनीहरु नै प्लाष्टिकजन्य औद्योगिक फोहरहरुका प्रमुख श्रोत र कारकहरु हुन् । हानिकारक वस्तु उत्पादन गरेर गरिवहरुलाई विक्री गर्ने तर पर्यावरण र मानव स्वास्थ्यमा ख्याल नगर्ने तरिका नै आजको विश्व प्रणालीको गैरजिम्मेवार र प्रकृति विरोधी तरिका हो । जुन नाफा, आय वृद्घी, उत्पादन वृद्घी जस्ता मान्यतामा आधारीत छ । कर्पोरेट प्रणालीको यस्तै पर्यावरण विरोधी चरित्रलाई नसुधारेसम्म विश्वमा जलवायु सङकट टर्ने सम्भावना देखिन्न ।
प्लाष्टिकको असर र प्रभावः प्रयोग पछि अधिकाङश प्लाष्टिकहरु खोला, नदी, पोखरी तथा समुन्द्र किनारहरुमा फ्याकिदै आएका छन् । नेपालमा दैनिक झण्डै २५ सय टन भन्दा ज्यादा प्लाष्टिक प्रयोग हुने गरेको तथ्याङक छ । काठमाण्डौमा मात्र दैनिक पाँच लाख प्लाष्टिक झोलाहरु प्रयोग हुन्छन् । एक तथ्याँङक अनुसार उत्पादन भएको १२ प्रतिसत प्लाष्टिक जलाईन्छ । केही प्लाष्टिकहरु गाडिन्छन् । जलाइयो भने त्यसले वातावरण र जनस्वास्थ्यमा गम्भिर असर पु¥याउछ । सडकमा फ्याकिएको प्लाष्टिक टायरमा पेलिएर ससाना कणहरुमा वदलिन्छ र त्यसपछि सो कणहरु उडेर श्वासप्रश्वासको माध्यामवाट फोक्सोमा पुग्दछ । त्यस्ता कणहरु पानी तथा खाद्यान्नहरुसँग मिलेर हाम्रो भान्सामा समेत पुग्ने गर्दछ । वास्तवमा प्लाष्टिक मानव स्वास्थ्य र पर्यावरण विरोधी घातक पदार्थ हो भन्ने वुझ्न गा¥हो छैन । प्लाष्टिकको कारण विश्व प्रदुषणको मारमा पर्दै आएको छ ।
आज प्लाष्टिक नपुगेको विश्वको कुनै पनि ठाँउ छैन । भनिन्छ, समुन्द्र सतहको झण्डै ५० लाख वर्गमाईल क्षेत्रमा समेत यतिखेर प्लाष्टिक कराहीको तर जस्तै वर्षौदेखी तैरिदै आईरहेको छ । हरेक वर्ष ८ मिलीयन मेट्रीक टन प्लाष्टिक महासागरमा थुप्रदै जाने विज्ञहरुको दावी छ । विज्ञहरुका अनुसार यस्ता प्लाष्टिक फोहरहरु समुन्द्रमा फ्याक्न विकसीत देशहरु सवभन्दा अग्रणी छन् । प्लाष्टिककै कारण समुन्द्रका आधा जती जिव तथा वनस्पतीहरु हराई सकेको अनुमान गरिएको छ ।
केही धनवादीहरुले प्लाष्टिकलाई पुनः प्रयोग गर्न सकिन्छ र यसले पर्यावरणिय सुरक्षामा सकारात्मक प्रभाव पार्छ भन्ने गलत भाष्य निर्माण गर्दै आएका छन् । तर तथ्यहरुले पुनः प्रयोग गरिएका प्लाष्टिकहरु मानव स्वास्थ्य र पर्यावरणिय सुरक्षाको निम्ती अझ घातक हुने पुष्टी गरेको छ । पुनः प्रयोग गरिएका त्यस्ता प्लाष्टिकहरुले क्यान्सर र रक्तचापलाई दुगुना वनाउने समेत तथ्यहरु वाहिरिएका छन् ।
समाधानः अव प्लाष्टिक नियन्त्रण मार्फत पर्यावरण र मानव स्वास्थ्य वचाउन पुरै ध्यान केन्द्रित गर्नु पर्दछ । सरकार त झन सम्वेदनशील र जिम्मेवार हुनु पर्दछ । अव प्लाष्टिकलाई प्रतिवन्ध लगाउने वेला भैसक्यो । एकै पटक प्लाष्टिक वन्द गर्न सकिदैन भने त्यसलाई चरणवद्घ गर्न सकिन्छ । प्लाष्टिकमा कर वढाउने, जैविक वस्तुहरुमा कर घटाउने, विषाक्त र रसायनीक वस्तुहरुको आयातमा नियन्त्रण र निग्रानी गर्ने, प्लाष्टिक नजलाउने, जलाउनेलाई कार्वाही गर्ने, हानिकारक रसायन र विषादीमा प्रतिवन्ध लगाउने आदी कार्यक्रमहरु चलाउनु पर्छ । विद्यालयहरुमा जागरण कार्यक्रम समेत चलाउन सकिन्छ ।
साथै सरकारले कार्वन उत्सर्जन कम गर्ने, रसायन र विषादी प्रयोग नगर्ने, हतियारहरु लगायत विषाक्त र हानिकारक वस्तुहरु आयात नगर्ने, जैवीक वस्तुमा प्रर्याप्त अनुदान दिने, प्राकृतिक खेतीमा जोड गर्ने, स्थानीय विउ विजनमा जोड दिने, विकास गर्दा पर्यावरणीय सुरक्षालाई ध्यान दिने, निती निर्माण तहको पर्यावरण विरोधीलाई दण्डीत गर्ने, समाजका अटेरीहरुलाई समेत कार्वाही गर्ने जस्ता प्रकृति–मानव हितैषी कार्यक्रमलाई जोड गर्नु पर्छ । उस्तै परे सरकारले संविधान संसोधन गरेर भने पनि प्रकृति–मानव हितैषी कार्यक्रम समावेश गर्नु पर्छ । यसो गर्न सके जिवन र जगतलाई वचाउन अवस्य केही न केही सकारात्मक परिणाम ल्याउन सकिन्छ ।
अन्तमाः
यतिखेर कुनै पनि वेला विश्व युद्घ भट्किन सक्ने खतरा वढेको छ । हामी सम्वेदनशील घडीमा विश्व वातावरण दिवस मनाई रहेका छौ । तर मानव जाती अव शान्ती र हरियालीको पक्षमा द¥होसँग उभिनु पर्ने वेला आएको छ । पर्यावरणीय रक्षामा विश्व सरकारहरु पछि हटेमा दुनियाका सम्पूर्ण मानवहरु प्रकृति–मानव हितैषी कार्यक्रम मार्फत एकजुट भएर जिवन र जगत रक्षाको लागी एकजुट हुनु पर्ने अवस्था आईसकेको छ । यसो गर्न सके प्लाष्टिक तथा सवै खाले प्रदुषणवाट जिवन र जगतलाई वचाउन सकिन्छ । यस वर्षको विश्व वातावरण दिवसले जिवन र जगत वचाउन सवैलाई प्रेरणा देओस । सम्पूर्णमा शुभकामना ।
२२ जेष्ट २०८२