ठाकुरप्रसाद शर्मा प्रतिष्ठानकाे साधारणसभा सम्पन्न

ठाकुरप्रसाद शर्मा प्रतिष्ठानकाे साधारणसभा सम्पन्न

  • Kandara Samachar

  • मङ्लबार, जेष्ठ ७, २०८२

  • 435
    SHARES
ठाकुरप्रसाद शर्मा प्रतिष्ठानकाे साधारणसभा सम्पन्न

धादिङ

धादिङ जिल्लाकाे पहिलाे आदर्श हाइस्कुलका संस्थापक हेडसरकाे नाममा स्थापित ठाकुरप्रसाद शर्मा प्रतिष्ठानको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

मदन पुरस्कार बिजेता वरिष्ठ साहित्यकार प्रा . घनश्याम कँडेलकाे प्रमुख आतिथ्यमा भएकाे साधारणसभाकाे अध्यक्षता प्रतिष्ठानका अध्यक्ष डा. सदानन्द कँडेलले गर्नुभएकाे थियाे ।

त्रिविका सेवानिवृत्त प्राध्यापक तथा ४० वटा पुस्तकका लेखक प्रा. डा. रामचन्द्र लम्साल, लेखक तथा आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानका उपाध्यक्ष प्रा. लालानाथ सुवेदी,  धादिङ जिल्लाको पहिलो हाईस्कूल आदर्श हाईस्कूलका संस्थापक हेडमास्टर तथा पूर्वराज्यमन्त्री ठाकुरप्रसाद शर्मा, धादिङका पूर्व जिल्ला शिक्षा अधिकारी तथा नेपाल सरकारका पूर्व सहसचिव प्रेमप्रसाद सुवेदी, आदर्श हाईस्कूलका संस्थापक शिक्षक तथा सहायक हेडमास्टर सुमनदास श्रेष्ठ,संस्थापक शिक्षक तथा नेपाल सरकारका पूर्वउपसचिव टीकाबहादुर उप्रेती, धादिङ जिल्लामा पढेर एसएलसी पास गर्ने पहिलो विद्यार्थी -२०२६ राजेन्द्रप्रसाद पाण्डे, धादिङ जिल्लाबाट एसएलसी पास गर्ने प्रथम छात्रा तथा साहित्यकार रुकु कार्की, महाकाली माविका पूर्व प्रधानाध्यापक जगन्नाथ तिमिल्सिना लगायतले शुभकामना व्यक्त गर्नुभयाे ।

प्रतिष्ठानले “आदर्श गुरु-शिक्षासेवी अभिनन्दन ग्रन्थ” प्रकाशित गर्ने भएकाे छ ।

ग्रन्थमा  डा. सदानन्द कडेलले सम्पादन गर्ने गरि ठाकुरप्रसाद  शर्मा लगायतकाे जिवनी, आदर्श हाइस्कुलकाे ईतिहास, दस्तावेज, तस्वीर संकलन गर्न जिम्मेवारी समेत ताेकेकाे छ ।

साधार्णसभाले डा . सदानन्द कँडेलकाे अध्यक्षतामा … सदसिय कार्यसमिति निर्वाचित गरेकाे छ । उपाध्यक्षमा महेन्द्र कुमार शर्मा पाठक,  महासचिवमा कृष्णराज सिलवाल, सचिवमा भवानी कुमारी उप्रेती, , काेषाध्यक्षमा शिव प्रसाद अधिकारीलाई सर्वसम्मत रुपमा निर्वाचित गरेकाे छ । यसैगरी सदस्यहरुमा रामशरण त्रिपाठी, अर्जुनकुमार श्रेष्ठ, सरस्वती शर्मा, देवकी तिमल्सिना, राजकुमार खरेल र लक्ष्मी गिरीलाई सर्वसम्मत निर्वाचित गरेकाे छ ।

ठाकुरप्रसाद शर्मा अक्षयकोषमा जम्मा रकम ३४ लाख ८५ हजार संकलन भएकाे छ ।

ठाकुरप्रसाद शर्मा प्रतिष्ठानले गुरुपूर्निमा र पौष ५ गते स्कुल स्थापनाको दिन  वर्षमा २ पटक पुरस्कार वितरण गर्ने जनाएकाे छ । प्रतिष्ठानले ठाकुरप्रसाद शर्मा शिक्षा पुरस्कार, आदर्श शिक्षक पुरस्कार, आदर्श शिक्षासेवी पुरस्कार, उत्कृष्ट छात्रा पुरस्कार, उत्कृष्ट छात्र पुरस्कार, दुर्गा रिमाल साहित्य पुरस्कार, टंकप्रसाद खतिवडा समाजसेवी पुरस्कार विरण गरिने अध्यक्ष कँडेलले बताउनुभयाे ।


सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2026 and all right reserved to Kandara Samachar