धादिङबेसीमा मेलमिलाप सम्बन्धी उच्च स्तरीय तालिम सुरु

धादिङबेसीमा मेलमिलाप सम्बन्धी उच्च स्तरीय तालिम सुरु

  • Kandara Samachar

  • शनिबार, जेष्ठ ४, २०८२

  • 168
    SHARES
धादिङबेसीमा मेलमिलाप सम्बन्धी उच्च स्तरीय तालिम सुरु

धादिङ
मेलमिलाप परिषदको आयोजनामा धादिङबेसीमा ५ दिने मेलमिलाप सम्बन्धी उच्च स्तरीय तालिम शनिबार सुरु गरिएको छ ।
मेलमिलाप परिषदका अध्यक्ष तथा सर्वोच्च अदालतका न्यायधिस कुमार रेग्मीले तालिमको उद्घाटन गर्दै मेलमिलापले नै विवादका पक्षहरु फाइदा पुग्ने बताउनुभएको छ ।
देवानी प्रकृतिका विवादहरु मेलमिलाप गर्न सकिने उल्लेख गर्दै परिषदका अध्यक्ष रेग्मीले स्थानीय सरकारको न्यायिक समितिले मेलमिलापको माध्यामबाट विवाद र समस्याहरु समाधान गर्नु पर्ने बताउनुभयो ।
उद्घाटन समारोहमा नीलकण्ठ नगरपालिका प्रमुख भिमप्रसाद ढुंगानाले मेलमिलाप गर्दा सबैले जित्ने बताउनुभएको छ ।
कार्यक्रममा जिल्ला न्यायधिस गोपाल प्रसाद वास्तोलाले नेपालमा लागु भएको मेलमिलाप प्रणाली फिलिपिन्सको मोडेल भएको उल्लेख गर्दै अदालतभित्रको मेलमिलापका कार्यहरु सन्तोषजनक नरहेको बताउनुभयो । कार्यक्रममा प्रमुखजिल्ला अधिकारी सुमन घिमिरे, नीलकण्ठ नगरपालिका उपप्रमुख तथा न्यायिक समिति संयोजक दिपक विश्वकर्मा, जिल्ला अदालतका श्रेस्तेदार माधव भण्डारी लगायतले मेलमिलापको राम्रो पक्षबारे चर्चा गर्नुभएको थियो ।
धादिङका २४ जना मेलमिलापकर्ताहरु सहभागि हुने तालिमको सुनिता रेग्मी पोखरेलले प्रशिक्षण दिनुहुने सार्वेच्च अदालतका उपरजिष्टार नवराज दंगालले जानकारी दिनुभएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar