धादिङका चेपाङ समुदायलाई सुचनाकाे पहुँच पुर्याउन रेडियाे वितरण अभियान चलाउने वरिष्ठ पत्रकार भैरव रिसालकाे ९७ वर्षकाे उमेरमा निधन भएकाे छ ।
रिसालको गएराती बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको हो । मुटु र फोक्सोसम्बन्धी रोगको उपचार गराइरहेका रिसालको ९७ वर्षको उमेरमा निधन भएको हो ।
उनको जन्म वि.सं. १९८५ सालमा भएको थियो । भक्तपुरको गुण्डु गाविसमा जन्मिएका रिसालको त्यहाँबाट तीन किलोमिटर नजिकलुभु पाठशालामा संस्कृतको प्रारम्भिक अध्ययन गरेका थिए ।
निम्न माध्यमिक तहको अध्ययन पूरा गरेपछि तीनधारा पाठशाला हुँदै बनारसबाट संस्कृतमा आचार्यसम्मको अध्ययन गरेका थिए ।
विद्यार्थी जीवनदेखि नै वामपन्थी राजनीतिमा लागेका रिसाल केही समय नेपाल मजदूर किसान पार्टीसँग आवद्ध पनि भएका थिए । उनको ‘साधुलाई सूली’, ‘सुशीला भैरव’ जस्ता कृतिहरु प्रकाशित छन् ।