धादिङ वारकाे अध्यक्षमा टंककुमार श्रेष्ठ सर्वसम्मत

धादिङ वारकाे अध्यक्षमा टंककुमार श्रेष्ठ सर्वसम्मत

  • Kandara Samachar

  • शुक्रबार, साउन १८, २०८१

  • 114
    SHARES
धादिङ वारकाे अध्यक्षमा टंककुमार श्रेष्ठ सर्वसम्मत

धादिङ ।

धादिङ जिल्ला अदालत वार एसाेसियसनकाे अध्यक्षमा अधिवक्ता टंककुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनुभएकाे छ ।
धादिङ जिल्ला अदालत वार एसाेसियसनकाे सिद्धलेकमा शुक्रबार सम्पन्न ३६ अाैँ साधारणसभा तथा १८ अाैँ अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गरेकाे हाे ।
अधिवेशनले ९ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट, सचिवमा अधिवक्ता रामकृष्ण अधिकारी, काेषाध्यक्षमा अधिवक्ता खिल गिरि र सदस्यहरु अधिवक्ता विश्वराज अधिकारी अधिवक्ता गाेपि अर्याल , अधिवक्ता अम्बिका घिमिरे श्रेष्ठ, अधिवक्ता विनाेदमान श्रेष्ठ, दिनेश दुवाडीलाई निर्वाचित गरेकाे छ ।
धादिङ जिल्ला अदालत वार एसाेसियसनका अध्यक्ष विश्वराज अधिकारीकाे अध्यक्षतामा सम्पन्न अधिवेशनमा सचिव अधिवक्ता रामचन्द्र भट्टले प्रगति प्रतिवेदन, काेषाध्यक्ष अधिवक्ता रामकृष्ण अधिकारीले आर्थिक प्रतिवेदन पेश गर्नुभएकाे थियाे । धादिङ जिल्ला अदालत वार एसाेसियसन १९ जना सदस्यहरु रहेका छन् ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar