लापासंग सम्पर्क बिच्छेद, बाढीले चारपुल बगायाे, कयाै बस्ती जाेखिममा

लापासंग सम्पर्क बिच्छेद, बाढीले चारपुल बगायाे, कयाै बस्ती जाेखिममा

  • Kandara Samachar

  • शुक्रबार, साउन ११, २०८१

  • 206
    SHARES
लापासंग सम्पर्क बिच्छेद, बाढीले चारपुल बगायाे, कयाै बस्ती जाेखिममा

रामहरि थापा/धादिङ ।

उत्तरी धादिङ रुबीभ्याली गाउँपालिकाको विभिन्न क्षेत्रमा बाढी र पहिरोले ठूलो मात्रामा क्षति पुर्याएको छ तर स्थानीय सरकारका प्रमुख उपप्रमुख र प्रमुख प्रशासकिय ाधिकृत समेत गाउँ नहुँदा पीडित नागरिकले साधारण राहत समेत पाउन सकेका छैन्् ।
रुबभ्यिाली गाउँपालिका वडा नम्बर ५ र ६ का ४ ओटा पुल बगाएपछि धेरै गाउँको आवत जावत बन्द भएको छ । वर्षको कारण खोला बढेका कारण विद्यालय जानुपर्ने बालबालिका समेत विद्यालय जान पाएका छैन्् ।
रुबभ्यिाली गाउँपालिका वडा नम्बर ५ स्थित तिनचेत नेसुङ खोलामा रहेको ढलान पुल बाडीले बगाएपछि तिनचेत, चपाङचेत, छुम्राङ, तेनचेत आदी स्थानसंग सम्पर्क बिच्छेद भएको छ ।
रुबभ्यिाली गाउँपालिका वडा नम्बर ५ र वडा नम्बर ६ जोड्ने राखोला काठेपुल, गल्दी खादिङको ट्रस पुल, थुवाखोला ट्रस पुल वर्षपछिको खोलाले बगाएपछि विद्यार्थीहरु समेत आवत जावत बन्द भएको लापाका स्थानीयबासी जिवन तामाङले नेपाल समाचारपत्रलाई बताउनुभयो ।
ठूलो गाउँमा एसइइ दिने विद्यार्थी ट्यूसन पढाउने भएपनि पुल बगाएपछि विद्यार्थीहरु ट्यूसन पढाउने ठाउँसम्म आवतजावत गर्न पाएका छैन्् ।
१० दिनदेखिको लगातार वर्षले रुबीभ्यालीको धेरै गाउँ क्षतिविक्षत बनाएको भएपनि स्थानीइ सरकारका प्रतिनिधिले वेवास्ता गरेको स्थानीयबासको आरोप छ ।
बोराङबाट लापा जान नसकिनेगरि आँखु खोला लगायतको खोलाले खोला छेउको बाटो भत्काएपछि गाउँबासी गाउँ जानसमकेत पाएका छैनन् । लापा ठूलो गाउँ, कपुर गाउँ, खादिङ लगायतको लापा क्षेत्रमा खाद्यान्न समेत लान नसकिनेगरि बाटो खालाले बगाएर सम्पर्क विच्छेद भएको र जोखिम उठाएर नागरिकहरु आउजाउ गरिरहेको लापाका घनबहादुर तामाङले बताउनुभयो ।
गाउँपालिका कर्मचारी भएको गाउँमा भएको क्षतिको जानकारी लिएर घनबहादुर तामाङ पालिका कार्यालय पुग्नुभएको छ । भत्किएको एक ओटा काठेपुल स्थानीयबासीले कामचलाउ मर्मत गरेर बनाएपनि जोखिम भने कम नभएको लापाबासीको भनाइ छ ।
वर्षका कारण पहिरोले गर्दा धेरैजसो गाउँ जोखिममा परेको छ । लापाको तायुम, ब्रमदाङको १० घर, नेवेरको ५६ घरमध्ये ४२ घर, हिन्दुङको १ सय २० घर, रावा अवोइको १२ घर पहिरोको उच्च जोखिममा छ । गाउँमा पहिरो आएको छ तर सुरक्षित बस्नुपर्ने भएपनि गाउँबासी जोखिमको घरमा बसि रहेका छन् । अवोइको ३ घर भने हाल घर छाडेर त्रिपालमुनी बसिरहेका छन् ।
सरकारले जोखिम बस्ती भनेर घडेरी किन्ने पैसा दिएको भएपनि वडा नम्बर ५ को तेनचेतको ४२ घर, तिनचेतको ६८ घर, चपाङचेतको ३५ घर, छुमराङको ३६ घरका केही नागरिक अझै पहिररो आइरहेको भएपनि सोही जोखिम स्थानमा बसीरहेका छन् । केही नागरिकभने नीलकण्ठ नगरपालिका क्षेत्रमा घडेरी किनेर बसिरहेका छन् ।
उनिहरुका लागि सरकारले घडेरी किन्न २ लाख घर बनाउन ३ लाख उपलब्ध गराएर घर बनाएको भनिएपनि भूकम्पपछि जोखिमबस्ती केही मानिसले भने छाड्न मानेका छैनन् ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar