जहाज दुर्घटना, १३ काे शब निकालियाे

जहाज दुर्घटना, १३ काे शब निकालियाे

  • Kandara Samachar

  • बुधबार, साउन ९, २०८१

  • 270
    SHARES
जहाज दुर्घटना, १३ काे शब निकालियाे

प्रविन रिजाल/काठमाडौं ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज दुर्घटना भएको छ। बुधबार बिहान सौर्य एयरलाइन्सको जहाज काठमाडौंबाट पोखरा उडान भर्ने क्रममा धावन मार्गबाट चिप्लिएपछि दुर्घटना भएको हो।
दुर्घटनामा परेको जहाजमा आगो लागेको छ। अग्निनियन्त्रकले पानी हालेर आगो निभाइरहेका छन् । उक्त जहाजमा १९ जना यात्रु सवार थिए। दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।जहाजमा सवार १३ जनाको शव फेला परेको छ। उद्धारकर्ताहरुले १३ जनाको शव घटनास्थलमा फेला परेका छन्।
जहाजमा सवारहरु केहीलाई उद्धार गरेर अस्पताल पठाइएको छ भने अन्यको खोजी कार्य जारी रहेको विमानस्थल प्रहरीले जनाएको छ। बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो ।
विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको हाे। उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको उनले बताए । चालकलाई भने उद्धार गरिएकाे छ ।


सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2026 and all right reserved to Kandara Samachar