ओली-देउवा भेट

ओली-देउवा भेट

  • Kandara Samachar

  • शनिबार, मंसिर २१, २०८२

  • 139
    SHARES
ओली-देउवा भेट

काठमाडौं,  ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच शुक्रबार देउवा निवास महाराजगञ्जमा भेटवार्ता भएको छ।

अध्यक्ष ओली पत्नी राधिका शाक्यसहित महाराजगञ्ज पुगेर देउवासँग भेटघाट गर्नुभएको हो । भदौ २३–२४ मा भएको ‘जेनजी आन्दोलन’पछिको यो उहाँहरूबीचको पहिलो प्रत्यक्ष संवाद हो।

देश नयाँ राजनीतिक चक्रमा प्रवेश गर्दै गर्दा माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन, फागुन २१ गते निर्धारित प्रतिनिधि सभा निर्वाचन र सर्वोच्च अदालतमा विचाराधीन संसद पुनस्थापना मुद्दाले वातावरण तातेको छ। यस्तो संवेदनशील अवस्थामा दुई शीर्ष नेताबीच देशको समसामयिक राजनीतिक घटनाक्रम, स्थिरता र आगामी बाटोसम्बन्धी विषयमा गम्भीर छलफल भएको बताइएको छ।

स्रोतहरूका अनुसार, वर्तमान राजनीतिक अनिश्चितता, सम्भावित परिदृश्य, आगामी चुनावको व्यवस्थापनसमेत वार्ताको केन्द्रबिन्दु बनेका छन्। भदौको आन्दोलनपछि देखिएको अविश्वास र दूरी हटाउँदै शीर्ष नेताहरू प्रत्यक्ष संवादमा उभिनु नै राजनीतिक रूपमा महत्वपूर्ण संकेतका रूपमा  हेरिएको छ ।

दुवै नेताको संवादलाई मुलुकले खोजिरहेको राजनीतिक सहमति, राष्ट्रिय स्थिरता र आवश्यक निकासतर्फको सम्भावित प्रारम्भिक कदमका रूपमा व्याख्या गरिएको छ।

वर्तमान तनावपूर्ण र अनिश्चित राजनीतिक वातावरणलाई सहज बनाउन समेत यी भेटवार्ताले भूमिका खेल्ने आशा व्यक्त गरिएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar