धादिङ अस्पतालमा मेमाेग्राम सेवा सुरु, स्वास्थ्य मन्त्री थापाद्वारा जनताका लागि स्वास्थ्य सेवा पुर्याउने प्रतिवद्धत

धादिङ अस्पतालमा मेमाेग्राम सेवा सुरु, स्वास्थ्य मन्त्री थापाद्वारा जनताका लागि स्वास्थ्य सेवा पुर्याउने प्रतिवद्धत

  • Kandara Samachar

  • मङ्लबार, भदौ ११, २०८१

  • 231
    SHARES
धादिङ अस्पतालमा मेमाेग्राम सेवा सुरु, स्वास्थ्य मन्त्री थापाद्वारा जनताका लागि स्वास्थ्य सेवा पुर्याउने प्रतिवद्धत

प्रविण रिजाल/धादिङ ।
धादिङ अस्पतालमा मंगलबारदेखि मेमाेग्राम सेवाकाे सुरुवात भएकाे छ ।
बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाले धादिङ अस्पताललाई मेसिन हस्तान्तरण गरि सेवा प्रारम्भ गर्नुभएकाे थियाे ।
सवा कराेड पर्ने मेसिन बागमति प्रदेश सरकारले उपलब्ध गराएकाे थियाे । जनशक्ति व्यवस्थापन पछि सेवा प्रारम्भ गर्दै प्रदेश सरकारका स्वास्थ्य मन्त्री थापाले स्वास्थ्य सेवा सुधार गर्दै जनतालाई सेवा पुर्याउन निरन्तर लाग्ने बताउनुभयाे ।
स्वास्थ्य सेवालाई जिल्ला अस्पतालमार्फत जनतामा दिन लागि पर्ने, अत्यावश्यक सेवा संचालन गर्न सघाउने, आवस्यकतामा आधारित सेवा संचालन गर्न अाग्रह गर्दै जनताकाे सेवामा लाग्न अस्पताललाई अाग्रह गर्नुभयाे ।
नेपालमा महिलाहरुकाे स्तनक्यान्सरकाे समस्या बढ्दै गएकाे अवस्थामा गरिएकाे सेवा प्रवाहबाट ४० वर्षमाथीका महिलाहरुकाे सणतन क्यान्सरकाे बारेमा जाँच गर्ने धादिङ अस्पतालका निमित्त निर्देशक डा. गगन अधिकारीले बताउनुभयाे । याे नसर्ने राेगमध्ये पर्ने स्तन क्यान्सर उपचार भएदेखि जीवन बचाउन सकिन्छ ।
धादिङ अस्पताल १ सय बेडकाे भएपनि जनशक्ति अभाव, भाैतिक पुर्वाधार अभाव, अावस्यक सामाग्री अभाव, लिलामीमा समस्य र अनियमित विद्युत सेवा समस्याकाे रुपमा रहेकाे डा. अधिकारीकाे भनाइ छ ।
धादिङ अस्पतालमा वर्षमा १ लाखभन्दा बढि विरामि अाउने, रक्त संचारसेवा निशुल्क छ ।
महिलाहरुकाे स्तनकाे उच्च स्तरकाे एक्सरे सेवा हुने मेमाेग्राम सेवाले महिलाहरुकाे स्तनमा हुने क्यान्सर पत्ता लागेर उपचार गर्न सकिने भएकाेले सेवा महत्वपुर्ण रहेकाे छ ।
मन्त्री थापाले प्रदेशभित्रका स्वास्थ्य संस्थाहरुको सुधारको लागि सूक्ष्म अध्ययन गरिरहेको बताउनुभएको छ । प्रदेशका सबै प्रादेशिक अस्पताल र सबै स्वास्थ्य संस्थामा कर्मचारी व्यवस्थापन गरि सेवामा सुधार ल्याउने जिकिर गर्नुभयो ।
बागमती प्रदेश सरकारको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले उपलब्ध गराएको एक करोड नौं लाख ६१ हजार मूल्य बराबरको मेसिन मंगलबार नै अस्पताललाई हस्तान्तरण गरिएको थियो । मंगलबार सुरु गरिएको सेवा लिन आएकामध्ये ९ जनाले पहिलो दिन ९ जनाले निशुल्क सेवा लिएको धादिङ अस्पतालले जनाएको छ । यो सेवाबाट नागरिकले न्यून शुल्कमा सेवा लिन पाउने छन् । बिर अस्पतालमा एक जनाको मेमोग्राम सेवा लिएको १ हजार ६ सय रुपैयाँ लिने गर्छ ।
स्तनको टिस्यूजमा असामान्य वृद्धि अथवा परिवर्तनको पहिचान गर्नको लागि विशेष प्रकारको एक्स–रे प्रयोग गरिन्छ, जसलाई मेमोग्राम भनिन्छु, अस्पतालका निमित्त अस्पताल निर्देशक डाक्टर गगन अधिकारीले भन्नुभयो “रेडियोग्राफर टेक्नोलोजिष्टले स्तन दबाएर स्तनको चित्र लिन सकिन्छ ।”
स्तनमा गाँठागुठी अथवा स्तन क्यान्सरको केही अन्य लक्षण छ भने डाक्टरले डाइग्नोस्टिक मेमोग्राम गर्न सुझाउनेछन् ।
धादिङ अस्पतालमा २० जनाकाे नियमित डायलासिस सेवा, विभिन्न किसिमकाे अपरेशन सेवा, ओपिडि, आकस्मिक सेवा संचालनमा छ ।
मेमाेग्राम सेवा शुभारम्भ कार्यक्रममा प्रदेश साम्सद गाेबिन्द लम्साल, मायादेवी शर्मा, डम्बर तामाङ, नीलकण्ठ नगरपालिका उपप्रमुख दिपक विक लगायतले शुभकामना व्यक्त गर्नुभयाे ।
मन्त्री थापा मगरले धादिङ अस्पतालसहित आयुर्वेदिक चिकित्सालयको पनि अवलोकन गर्नुभएको छ । धादिङ अस्पतालमा पछिल्लो समय दैनिक चार सय भन्दा बढी सेवाग्राहीले सेवा लिदै आएका छन् ।
धादिङबेसी आइपुग्नुभएका मन्त्री थापालाई एमाले पार्टी कार्यालयमा समेत स्वागत गरिएको थियो । एमाले पार्टी कार्यालयमा जिल्लाभरका स्वासथ्य स.स्थाहरुको अवस्था र स्वास्थ्य सेवामा सुधार गर्न आफु पदमा रहेको अन्तिम समयसम्म लागिरहने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar