हराएका दिदिबहिनी भैटिएकाे ठाउँ गंगाजमुनाकाे झरनामा पुजा

हराएका दिदिबहिनी भैटिएकाे ठाउँ गंगाजमुनाकाे झरनामा पुजा

  • Kandara Samachar

  • आइतवार, कार्तिक १७, २०८२

  • 87
    SHARES
हराएका दिदिबहिनी भैटिएकाे ठाउँ गंगाजमुनाकाे झरनामा पुजा

प्रविण रिजाल/धादिङ ।

हराएर फेला गुफामा फेलापरेका दिदिबहिनिलाई श्रद्धापूर्वक सम्झिदै गंगाजमुना झरनाकाे नाममा अहिले पनि पूजाआजा गर्दै भव्य मेला हुन्छ ।

उत्तरी धादिङको गंगाजमुना गाउँपालिका वडा न.ं ५ ढाँडखर्कमा रहेको गंगाजमुना झरनामा पूजा सहित भेला सम्पन्न गरिएको छ । निरन्तरको वर्षका बिचमा समेत मेला भव्यरुपमा सम्पन्न भएको थियो । यस क्षेत्रमा मेला सकिएपछि न्वागी खाने गरिन्छ ।

धार्मिक पर्यटन गन्तब्यको रुपमा विकास भइरहेको गंगाजमुना झरनामा हरिसयनी एकादशीको अघिल्लोदिनदेखि मेला सुरु भएर एकादसीको दिनमा मेला सम्पन्न भएको हो ।

धार्मिक मात्र नभएर पर्यटकीय गन्व्यको रुपमा विकास भइरहेको छ । यो झरनास्थलमा धार्मिक मेला लाग्दा पर्यटकीय मेलाको रुपमा समेत परभाषित भएको छ ।

नेपालकै प्रख्यात धार्मिक स्थल गंगाजमुनामाईको रुपमा रहेको धार्मिक स्थल अब झरनाका कारण नेपालको प्रख्यात पर्यटकीय गन्तव्य बनेको छ ।

गंगाजमुना मेलाको अबसरमा गाउँपालिकाद्वारा आयोजित कार्यक्रममा  यस क्षेत्रको विकासका र प्रवद्र्धनमा निरन्तर काम गरिरहने बताइयो ।

गंगाजमुना माइको मेलामा धादिङ, गोरखा, रसुवा, नुवाकोट, काठमाण्डौ, ललितपुर, मकवानपुर, चितवन, तनहुँ, लमजुङ, आदी स्थानबाट दर्शनार्थीहरु आउने गरेका छन् ।

हिन्दु धर्म अनुसार हरिबोधनी एकादशीको अघिल्लो दिन (र्कािर्तक शुक्ल दशमी) बेलुकादेखि मेला सुरु भई रातभर जागाराम बसि हरिबोधनी एकादशीको दिन बिहान झरनामा नुहाएपछि मेला सकिन्छ । झरनासंगै भएको कुकुरधारामा नुहाँउँदा कुकुर लगायत जनावरले टोकेको निको हुने विश्वास रहेको छ ।

करिब ३ सय मिटर अग्लो स्थानबाट झरनाको रुपमा गंगा र जमुना दूई झरना बग्ने गर्छ । वर्षको समयमा झरना ठूलो हुनेगर्छ भने हिउदमा सानो मात्र रहन्छ । झरनाको बिचभागमा व्रतालुहरु पूजा गर्छन भने राभर बत्तिबालेर भाकल पुरा गर्न जागाराम बस्छन् ।

्हिन्दु धर्म अनुसार मेला लाग्ने भएपनि यस मेलामा हिन्दु लगायत बौद्ध, क्रिश्चियन समेको सहभागिता रहने गरेको छ ।

किम्बदन्ती अनुसार सातौँ सताब्दीतिर गंगा र जमुना दिदिबहिनी हराए । गाउँबासी मिलेर खोजिगर्दै जाँदा हालको गंगाजमुना झरनाको गुफामा फेला परे । उनिहरुलाई घर लान खोज्दा आफूहरुलाई यहि गुफा नै ठिक लागेकोले यहि बस्ने मन गरेपछि गाउँबासीले पूजा आराधना गरि मेला लगाउन सुरु गरे । अहिलेपनि गंगा र जमुना झmरना एउटा ठूलो रु एउटा सानो झरनाको रुपमा अम्मर रहेको जनविस्वास छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar