अम्लेश्वर महादेव मन्दिर बैरेनीमा भव्य मेला

अम्लेश्वर महादेव मन्दिर बैरेनीमा भव्य मेला

  • Kandara Samachar

  • शनिबार, कार्तिक १६, २०८२

  • 102
    SHARES
अम्लेश्वर महादेव मन्दिर बैरेनीमा भव्य मेला

– सुदिप अधिकारी/ धादिङ (बैैरेनी) 

पृथ्वीनारायणशाहको नेपाल एकिकरणको समयमा निर्माण गर्न लगाइएको विश्वास गरिएको गल्छी गाउँपालिका वडा नम्बर ६ महेशदोभानमा रहेको अम्लेश्वर महादेब मन्दिरमा हरीबोधनी एकादशी (टूला एकादशी) को अघिल्लो राती ठूलो मेला लाग्दै आएकोमा यस वर्ष वर्षका बीचमा समेत भव्य मेला लागेको छ ।

हरेक वर्ष अम्लेश्वर महादेब मन्दिरमा लाग्ने मेला परिवारमा मृत्यु भएकाहरुको परिवारले निम (नियमित)  बत्ती बाल्ने, फूलको डोली ल्याउने र मन्दिरमा टाँग्ने, धेरै फूल हुनेमध्ये गाउँबासी मिले त्रिशूली नदी पारी सम्म फूलको तोरन टाँग्ने र स्थानीय स्तरमा गित नाच गरेर मेलाग्दै आएको छ । यस वर्षपनि निरन्तरको वर्ष भएपनि नियमित बत्तीबाल्नेहरु ठूलो संख्यामा सहभागि भए । स्थानीइ स्तरमा गाइने गित नाच पनि प्रस्तुती भए भने नदी तार्नेगरि फूलको डोली ल्याएर अम्लेश्वर महादेब मन्दिरमा भव्य मेला लागेको स्थानीयबासी शिवबहादुर भण्डारीले जानकारी दिनुभयो ।

यहाँ बाजागाजा सहितको फूलको डोली ल्याउने र मन्दीरमा तोरन टाँगिएको छ । मन्दीर झकिझकाउ पारिएको छ । स्थानीय कलाकारले रातभर दोहरी गाउँने र भोलीपल्ट बिहान विदाभएर घरजाने चलन अहिले भने कम भएको र ठूला स्पिकरहरुबाट लोकोहरी कलाकारहरु ल्याएर गाउने गरिएको छ । यस वर्षाले गर्दा केही कम भएपनि सहभागिताभने ठूलोमात्रामा रहेको छ । धादिङ जिल्लाका विभिन्न स्थानहरु लगायत गोरखा, चितवन, तनहुँ, लमजुङ, मकवानपुर, काठमाण्डौ, नुवाकोटदेखि भक्तजनहरु र मेला भर्न श्रद्धालुहरु आउने गरेको अम्लेश्वर महादेब मन्दिर संरक्षण समितिले जनाएको छ ।

पृथ्वीराजमार्ग र त्रिशूली नदीको किनारमा रहेको अम्लेश्वर महादेव मन्दिर रहेको स्थानलाई महेशदोभान भनिन्छ । बिक्रम सम्वत १९२२ सालसम्म महेशखोला अहिलेको पृथ्वीराजमार्गको किनारै किनार भएर बैरेनी वजार हुंदै अम्लेश्वर महादेव मन्दिर नजिकै आएर त्रिशूली नदीमा मिसिएको थियो । महेशखोला मिसिएको स्थानलाई महेशदोभान भनिएको हो । महेशखोलालाई बिक्रम सम्वत १९२२ साल पछि गल्छी बजारबाट  महेशखोलाको चट्टान काटेर त्रिशुलीनदीमा हालिएपछि बैरेनी क्षेत्र बस्न लायक भएको हो ।

पृथ्वीनारायण शाह नुवाकोटमा विजय हासिल गरेर गोरखा फर्कने क्रममा त्रिशूली नदी छेउको चौतारामा वास बस्दा सपनामा महादेव भगवानले पृथ्वीनारायण शाहलाई थप विजयको आर्शिवाद दिाएपछि शाहले सो स्थानमा मन्दिर निर्माण गर्न लगाएको भन्ने पनि गरिन्छ । त्यसै गरी शिव देव कँडेल र धर्मदेव कँडेल जो यसै क्षेत्रका वासिन्दा थिए पछि गजुरीको डाँडागाउँमा बस्न थालेका थिए । कँडेल परिवारले मंसिरमा धान भित्र्याउने क्रममा खलामा धान थुपारेर बसेको बेला शुरुमा बाघ देखा परेको र केही बेरमा बाघ साँढेमा परिणत भएको र साँढेले जोगिको भेष धारण गरि त्यहाँबाट हिडेपछि जोगिको पछि पछि आउँदा महेशदोभान स्थित त्रिशूली नदीको भुमरीमा पसेर अलप भएपछि कँडेल परिवारले शिवको रुपमा पुजा आजा गर्न थालेको र शिला राखेको भन्ने किम्वदन्ती रहेको पत्रकार केशव अधिकारीले लेख्नुभएको एक लेखमा उल्लेख छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar