✍️ सीताराम अधिकारी/धादिङ ।
बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ६ मा रहेको सोलिघोप्टे महारुद्र मन्दिर धार्मिक बन समुदायलाई हस्तान्तरण भएको छ ।डिभिजन बन कार्यलय धादिङले सोलिघोप्टे महारुद्र मन्दिर धार्मिक बनलाई धार्मिक बनको रुपमा समुदायलाई हस्तान्तरण गरिएको हो । डिभिजन बन कार्यालय प्रमुख विष्णु प्रसाद आचार्यले परम्परागत रुपमा धार्मिक बनको रुपमा रहेको सो क्षेत्रलाई धार्मिब बन बनाएर संरक्षण गर्न समुदायलाई हस्तान्तरण गरिएको बताउनुभयो । बन संरक्षण र धर्म संस्कृतिको जगेर्ना गर्न समुदाय तत्पर रहेको, सोलिघोप्टे महारुद्र मन्दिर धार्मिक रुपमा पहिला देखि स्थानीयबासिले पुजा गर्दै आएको हुनाले पनि यस क्षेत्रको संरक्षणमा योगदान पुग्ने विस्वास डिभिजन बन प्रमुख आचार्यको भनाइ छ ।१ सय ५० उपभोक्ता रहेको सोलिघोप्टे महारुद्र मन्दिर धार्मिक बन ८ दशमलब ४५ हेक्टरमा फैलिएको धामिृक बन क्षेत्र संरक्षण गर्न समुदायनै लागि परेको बन समूहका सचिव उमेश उपाध्यायले जानकारी दिनुभयो ।लाली गुराँसको पकेट क्षेत्रको रुपमा रहेको सोलिघोप्टे महारुद्र बन क्षेत्र पुग्न चरौँदीबाट स्यादुल हुँदै करिब २० किलोमिटरको दुरी तय गर्नु पर्छ । जैविक विविधताले भरिपूर्ण यस क्षेत्रमा आयुरवेदको क्षेत्रमा प्रयोग हुने अनेकन जरिबुडी र औषधी बन षेत्र रहेको उपभोक्ताहरुको भनाइ छ । समुन्द्री सतहबाट १ हजार ६ सय ६० मिटरको उचाइमा पर्ने सोलिघोप्टे महारुद्र बन क्षेत्र संरक्षण गर्दै पर्यावरण र धार्मिक पर्यटन क्षेत्र नाउन स्थानीयबासि लागि परेका छन् ।
सोलिघोप्टे बन किब्दन्ती

परापूर्वकालमा खतिवडा कान्छा भन्ने मानिसले उक्त क्षेत्रमा गाई चराउने गर्ने र सोही क्रममा त्याहा रहेका ढुङ्गाहरू भिरबाट तल खसाल्ने गरेका थिए । तर अर्को दिन सबै ढुङ्गाहरू आफ्नै स्थानमा आई बस्ने गरेको र सो क्रियाकलाप कैयौंँ दिनसम्म चल्यो । एक दिन उक्त व्यक्तिको ७ वटा गाई हरायो । गाइ खोजीगर्दा नभेटेपछि ज्योतिषलाई हेराउँदा गलत कार्य गरेको हुँदा उक्त घटना घटेको भनेर ज्योतिषले बताए । पछि सो को लागि गल्ति भएकोमा क्षमा माग्दै ज्योतिषको सल्लाह बमोजिम उनै खतिवडा कान्छाले ढुङ्गाहरूको पूजा गरे पश्चात हराएका ७ वटा गाईहरू सकुसल भेटिएको थियो । त्यसपछि उक्त ठाउँमा नियमित पूजाआजाको कार्य सुरु भएको र पछि सोलिघोप्टे महादेवको मन्दिर स्थापना भएको जनविश्वास रहेको छ ।
मौलिक रुपमा प्रत्यक्ष सम्बन्ध राखे विभिन्न विषय र क्षेत्र भएकोले यस क्षेत्रभित्रको रमणीय वन क्षेत्रलाई वैदिक धर्म र दर्शनको आदर्श परम्परा र हिन्दुत्वको महत्वलाई अटल रुपमा स्थापित गरी वैदिक सनातन जीवन शैलीलाई आत्मसात गर्दै प्राकृतिक जीवनशैली एवम् स्वास्थ्य संरक्षण कलाको विकास, धार्मिक मठमन्दिर एवम् प्राकृतिक सम्पदाको संरक्षण आदि कार्य गरी यस क्षेत्रको हरियाली जङ्गल, सुन्दर स्वरुप, रमणीय वातावरण र जैविक विविधतायुक्त वर्तमान स्थितिलाई अझ बढी मनोरम बनाउँदै अन्य सम्पदाको संरक्षण एवम् सम्वद्र्धन, धार्मिक वृक्षहरू बृहत रुपमा संरक्षण र सदुपयोग गर्ने अभिप्रायले धार्मिक वन बनाइएको उपभोक्ता समिति सचिव उपाध्यायको भनाइ छ ।
धार्मिक र पर्यापर्यटन प्रवर्द्धन
मूख्य राजमार्ग चराैँदीबाट जम्मा २० किलोमिटरको सडक छ । अनि गाउँबासीको न्यानो आतिथ्य । सोली घोप्ट्याएर राखेजतो जंगल जंगलमा पाकृतिक जरिबुटीको खानी नै रहेको छ । यस क्षेत्रको लालीगुराँस फलेको बेला पुरै जंगल रातो देखिन्छ । 
महारुद्रको किम्बदन्ती अनुसार मन्दीरमा पुजा गर्दा माग पुरा हुने जनविस्वास छ । आकास खुलेको बेला लहरै मिलेका हिमाल देख्न सकिन्छ भने बोटविरुवा र जरीबुटी आफैँले खोजेर पनि ल्याउन किने क्षेत्रको रुपमा रहेको सोलिघोप्टे महारुद्र बन क्षेत्र आन्तिरिक पर्यटनको स्वागत गर्न गाउँबासी तयारी छ । प्राकृतिक सम्पदाको संरक्षण आदि कार्य गरी यस क्षेत्रको हरियाली जङ्गल, सुन्दर स्वरुप, रमणीय वातावरण र जैविक विविधतायुक्त वर्तमान स्थितिलाई अझ बढी मनोरम बनाउँदै अन्य सम्पदाको संरक्षण एवम् सम्वद्र्धन, धार्मिक वृक्षहरू बृहत रुपमा संरक्षण र सदुपयोग गरेर यसकाे व्यापक प्रवर्द्धन गर्ने याेजनामा बन समूह लागेकाे छ ।