मिजार समाज नेपाल धादिङको प्रथम भेला सम्पन्न

मिजार समाज नेपाल धादिङको प्रथम भेला सम्पन्न

  • Kandara Samachar

  • सोमवार, भदौ १७, २०८१

  • 58
    SHARES
मिजार समाज नेपाल धादिङको प्रथम भेला सम्पन्न

श्याम मगराती/धादिङ ।

दलित समुदाय अन्तर मिजार (सार्की) जातिको धादिङ जिल्ला स्तरीय प्रथम भेला धादिङबेसीमा एक अन्तरक्रियाकाबीच सम्पन्न भएको छ ।
मिजार समाज नेपाल बागमती प्रदेश समितिका सदस्य तथा मिजार समाज नेपाल धादिङका संयोजक सोम बहादुर नेपालीको अध्यक्षतामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रमको स्वागत मन्तव्य दलित अधिकारकर्मी तथा सामाजिक अगुवा काजीमान रोक्काले गरेका थिए ।
मिजार समाज नेपालका केन्द्रीय उपाध्यक्ष शंकर बसेलले मिजार समाज नेपालको इतिहास र वर्तमान अवस्थाको विषयमा जानकारी गर्नु भएको भयो । त्यसै मिजार समाज नेपाल बागमती प्रदेशका उपाध्यक्ष बालकृष्ण नेपालीले देशभरका मिजार जातिहरु जातीय हक हित र पहिचानको लागि संगठित हुनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । ने.क.पा एमाले निकट उत्पीडित जातिय मुक्ति समाजका केन्द्रीय सदस्य दिल बहादुर रम्तेलले मिजार (सार्की) जातिको इतिहासको विषयमा जानकारी गर्नु भएको थियो भने अन्य वक्ताहरुले सम्पूर्ण मिजार जाति संगठित भएमा मात्र अधिकार स्थापित हुने धारणा व्यक्त गरेका थिए ।
भेलाले साेमबहादुर नेपालीकाे अध्यक्षतामा १३ सदस्यीय मिजार समाज नेपाल धादिङ गठन गरिएको छ
कार्यसमितिकाे उपाध्यक्ष : राम गैरे, सचिव : कृष्ण बहादुर नेपाली, सहसचिव : गौरी नेपाली, कोषाध्यक्ष : शान्ता रोक्का र सदस्यहरुमा ऋषि नेपाली, जानुका मिजार, भद्र कुमारी नेपाली, बुद्धि बहादुर उपरकोटी, श्रीकृष्ण रोक्का, अञ्जु विसुन्के, नानीराम रोक्का र रामजी रोक्कालाई निर्वाचित गरिएकाे छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar