बेनिघाटरोराङका ३ विद्यालयका १ सय ९६ विद्यार्थीलाई स्टेशनरी वितरण, १८ चेपाङविद्यार्थीलाई पूर्ण छात्रवृत्ति

बेनिघाटरोराङका ३ विद्यालयका १ सय ९६ विद्यार्थीलाई स्टेशनरी वितरण, १८ चेपाङविद्यार्थीलाई पूर्ण छात्रवृत्ति

  • Kandara Samachar

  • शनिबार, कार्तिक १६, २०८२

  • 118
    SHARES
बेनिघाटरोराङका ३ विद्यालयका १ सय ९६ विद्यार्थीलाई स्टेशनरी वितरण, १८ चेपाङविद्यार्थीलाई पूर्ण छात्रवृत्ति

 

धादिङ
चेपाङ समूदाय अध्यायन गर्ने बेनिघाटरोराङ गाउँपालिकाका तिन ओटा विद्यालयमा कापी कलम लगायतका स्टेसनरी सामाग्री वितरण गरिएको छ ।
गरिवीका कारण कलम कापी किन्न नसक्ने अवस्थाका १ सय ९६ जना विद्यार्थीलाई स्टेसनरी वितरण गरिएको हो ।
बेनिघाटरोराङ गाउँपलिका वडा नम्बर ९ रोबाङमा रहेको रोबाङ आधारभुत विद्यालयका १ सय १४ जना, वडा नम्बर ८ दुङबाङमा रहेको जलदेबी आधारभुत विद्यालयमा १९ जना र वडा नम्बर ७ चाँपटारमा रहको आदर्श आधारभुत विद्यालय ६३ जनालाई कलम कापी लगायतको स्टेशनरी वितरण गरिएको सहयोगिदातासंग समन्वय गरिरहनुभएका शिक्षक तिलक चेपाङले जानकारी दिनुभयो ।

अष्ट्रियाको भियाना निवासी इरिक, कृष्टिने र अष्ट्रियामा रिटायर्ड नर्स आङछुटिन शेर्पा र उहाका छाेरा आङ शेर्पाले सहयोग उपलब्ध गराउनु भएको हो । उनिहरुले च्यारिटि फर नेपालको नामबाट सहयोग उपलब्ध गराउनुभएको थियो ।
यसैगरि शंखादेबि माविमा अध्यायनरत १८ जना चेपाङ बालबालिकालाई दाताहरुले पूर्ण छात्रवृत्ति उपलब्ध गराएका छन् । खाना, आवास, कपडा, स्टेसनरी र नगद उपलब्ध गराएर अध्यायन गराइएको सोही विद्यालयका प्रधानाध्यापक तिलक चेपाङले जानकारी दिनुभयो ।
इरिक, कृष्टिने र आङछुटिन शेर्पा, आङ शेर्पाकाे सहयाेगमा विद्यालय टाढा भएर अध्यायन गर्न नसकेकाहरुलाई सहयोग गरेर पढ्ने व्यवस्थाका लागि सहयोग गरिएको हो । बेनिघाटरोराङको रोबाङ, काेस्राङ, दुङबाङ, माङराङ, र चितवनको इच्छाकामना गाउँपालिकाका समेत ६ जना छात्र र १२ जना छात्रालाई पूर्ण छात्रवृत्ति दिइएको प्रधानाध्यापक चेपाङको भनाइ छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar