नेपाल प्रकोप र विपदका दृष्टिमा उच्च जोखिममा रहेको छ : कृषि तथा पशुपंक्षी विकास मन्त्री अधिकारी

नेपाल प्रकोप र विपदका दृष्टिमा उच्च जोखिममा रहेको छ : कृषि तथा पशुपंक्षी विकास मन्त्री अधिकारी

  • Kandara Samachar

  • बिहिबार, बैशाख २५, २०८२

  • 103
    SHARES
नेपाल प्रकोप र विपदका दृष्टिमा उच्च जोखिममा रहेको छ : कृषि तथा पशुपंक्षी विकास मन्त्री अधिकारी

काठमाडौं

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले नेपाल प्रकोप र विपदका दृष्टिमा उच्च जोखिममा रहेको वताउनुभएको छ ।

श्रीलंकाको कोलम्वोमा आयोजित एकिकृत वहुपक्षीय जोखिम पुर्वचेतावनी सम्वन्धी मन्त्रीस्तरीय सम्मेलनलाई सम्वोधन गर्दे मन्त्री अधिकारीले नेपाल तराईको समथर भुभाग देखि उच्च हिमाली क्षेत्र सम्म फैलिएको भुगोलका कारण पनि विभिन्न प्रकारका प्रकोपको उच्च जोखिममा रहेको र प्रत्येक वर्ष बाढी,पहिरो खडेरी ,शीतलहर ,चटयाङ ,हिमताल विस्फोट जस्ता घटनाका कारण ठुलो क्षती , पुर्वाधारको विनाश र आर्थिक गतिविधिमा गम्भीर प्रभाव पर्ने गरेको वताउनुभयो ।
कृषि मन्त्री अधिकारीले जोखिम सम्वन्धी सूचनालाई राष्ट्रिय तथा स्थानीय विकास योजनामा समावेश गर्न ,सस्ंथागत क्षमता अभिवृद्दि गर्न र जीवनरक्षात्मक जानकारी संवेदनशील समुदायलाई समयमै पुरयाउने  कार्यमा  नेपाल प्रतिवद्घ रहेको उल्लेख गर्नुभयो । जलवायु परिवर्तनले जोखिमहरुको आवृति र अनिश्चितता झन वढाएको उल्लेख गर्दे यसको वढि मार दुर्गम र पहाडी क्षेत्रका समुदायले खेपिरहेको छ , मन्त्री अधिकारीले भन्नुभयो ।
जलवायु उत्थानशील तथा प्रभावकारी पुर्वसुचना प्रणालीका लागि सदस्य राष्ट्रहरु वीच साझा दृष्टिकोण र  सहकार्यमा नेपालले जोड दिएको पनि मन्त्री अधिकारीले उल्लेख गर्नुभयो । श्रीलंका सरकार र क्षेत्रीय एकिकृत वहुजोखिम पुर्व चेतावनी प्रणालीको संयुक्त आयोजनामा अफ्रिकी र एसियाली मुलुकहरुमा जोखिम र जोखिम पुर्वको पुर्व सुचना र एकिकृत प्रयासका सम्वन्धमा सम्मेलनमा छलफल भएको छ  ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar