मुग्लिन नारायणगढ सडक अझै खुलेन, बैकल्पिक मार्ग प्रयाेग गर्न आग्रह

मुग्लिन नारायणगढ सडक अझै खुलेन, बैकल्पिक मार्ग प्रयाेग गर्न आग्रह

  • Kandara Samachar

  • शनिबार, अशोज ४, २०८२

  • 234
    SHARES
मुग्लिन नारायणगढ सडक अझै खुलेन, बैकल्पिक मार्ग प्रयाेग गर्न आग्रह

चितवन

वर्षाका कारण नारायणगढ-मुग्लिन सडक खण्डमा पर्ने तुइनखोलाकाे पहिराे शुक्रबारबाट राेकिएकाे सडक अझै खुलाउन सकिएकाे छैन ।

रातभर पनि सवारी आवतजावत अवरुद्ध रहेकोमा पहिरो पन्छाउन नसक्दा कतिबेला बाटो सञ्चालन गर्न सकिन्छ भन्ने यकिन नभएकोले डिभिजन सडक कार्यालय चितवनले वैकल्पिक बाटो प्रयोग गर्न यात्रुहरुलाई अनुरोध गरेको छ ।

हिजो साँझदेखि अहिले बिहानसम्म पनि पहिरो खसिरहेकोले दुईवटा लोडरले पहिरो पन्छाएर नसकिएको सडक सुपरभाइजर इश्वर क्षेत्रीले जानकारी दिनुभएकाे छ ।

उनले थप एक्साभेटर पनि ल्याएर पहिरो पन्छाउने तयारी गरेपनि पहिरो झर्न नरोकिएको कारण बाटो खुलाउन तत्काल सम्भव नहुने देखिएकोले पश्चिम नेपाल जाने सवारी साधनले मुगलिन पाेखरा तर्फकाे सडक प्रयाेग गर्न धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले बताउनुभयाे ।

 


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar