लागु औषध काराेबारमा एम्बुलेन्सकाे प्रयाेग

लागु औषध काराेबारमा एम्बुलेन्सकाे प्रयाेग

  • Kandara Samachar

  • मङ्लबार, भदौ २४, २०८२

  • 219
    SHARES
लागु औषध काराेबारमा एम्बुलेन्सकाे प्रयाेग

नानु कार्की/ धादिङ

धादिङमा एम्बुलेन्स प्रयोग गरी ठूलो परिमाणमा अवैध लागूऔषध गाँजा ओसार्ने दुई जना पक्राउ परेका छन् ।

गजुरी गाउँपालिका–२ स्थित इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको टोलीले गए राति मे १ च १५२२ नम्बरको एम्बुलेन्स जाँच गर्ने क्रममा ९० किलोग्राम ६४  ग्राम गाँजा बरामद गरेको हो।

पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ गाउँपालिका–९ खैराङका २५ वर्षीय प्रेम तामाङ र काठमाडौं महानगरपालिका–१४ बल्खु बस्ने २४ वर्षीय सन्तोष राई रहेकाे जिल्ला प्रहरी कार्यालयल धादिङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास हमालले बताउनुभयाे ।

सन्तोष उक्त एम्बुलेन्स चालक थिए भने प्रेम सवारी साधनमा यात्रुका रुपमा सवार थिए।

प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइरहेको जनाएको छ।

एम्बुलेन्स जस्तो संवेदनशिल सवारी साधनको दुरुपयोग गर्दै  अवैध गाँजा ओसार्ने कार्यले गम्भिर प्रश्न खडा गरेको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar