नीलकण्ठ क्याम्पस प्रमुखमा डा. अधिकारी नियुक्त 

नीलकण्ठ क्याम्पस प्रमुखमा डा. अधिकारी नियुक्त 

  • Kandara Samachar

  • शनिबार, असार २८, २०८२

  • 152
    SHARES
नीलकण्ठ क्याम्पस प्रमुखमा डा. अधिकारी नियुक्त 

धादिङ

धादिङ जिल्लाकाे पहिलाे  नीलकण्ठ बहुमुखी क्याम्पसको शनिबार बसेको क्याम्पस सन्चालक समितिको ११३ औँ बैठकले  आगामी ४ बर्षे कार्यकालको लागि क्याम्पस प्रमुखमा डा. मुरारी  अधिकारी नियुक्त गरेकाे छ ।

नीलकण्ठ क्याम्पसमा प्राध्यापन गराइरहनुभएका डा. अधिकारी पत्रकारीतामा समेत क्रियाशील रहनुभएकाे छ ।
नेपाल प्रेस युनियनको केन्द्रिय उपाध्यक्ष समेत रहेका डा. अधिकारी  गोरखापत्र दैनिकमा धादिङ संवाददाताको रुपमा समेत काम गर्दै आउनुभएकाे छ ।

वि.स. २०५७ सालमा १२ जना विद्यार्थीबाट सुरु भएको नीलकण्ठ  क्याम्पस विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर प्रत्यायन  (QAA) प्राप्त गर्ने जिल्लाको पहिलो र एकमात्र क्याम्पस हो ।

यस क्याम्पसमा स्नातक र स्नातकोत्तर तह सञ्चालित छन् । स्नातक तहमा शिक्षा, व्यवस्थापन र मानविकी संकाय सञ्चालित छन् भने स्नातकोत्तर तहमा शिक्षाशास्त्रको नेपाली अग्रेजी विषय र व्यवस्थापन संकायका कक्षाहरु सञ्चालित छन् ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar