 
                                                                                                      रामहरि थापा/धादिङ
चेपाङ समूदायको न्वागी छोनाम पर्वको अबसरमा धादिङको बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ८ विधाङमा सामुहिक न्वागी अर्थात छाेनाम पर्व मनाएका छन् ।
नेपाल चेपाङ संघ बेनिघाटरोराङको आयोजनामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलियाले चेपाङ समूदायको विकास र संस्कृति संसकर संरक्षणमा स्थानीय सरकारले काम गर्ने बताउनुुभयो । गाउँपालिको सहयोग र नेपाल चेपाङ संघ केन्द्रको सहकार्यमा कार्यक्रमको आयोजना गरिएको थियो ।
कृष्णबहादुर चेपाङको अध्यक्षतामा भएको कार्यक्रमको बागमति प्रदेशका पूर्व मूख्यमन्त्री शालिकराम जमकट्टेल, संविधानसभा सदस्य पुुष्पविक्रम मल्ल, गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलिया, उपाध्यक्ष टापबहादुर श्रेष्ठ, गाउँपालिकाका पूर्वअध्यक्ष पित्तबहादुर डल्लाकोटी  लगायतका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
भदौ पूर्णिमाको रातलाई नेपालको अल्पसंख्यक अति सिमान्तकृत आदिवासी चेपाडले नयाँ वाली भित्र्याउने दिनका रुपमा न्वागी पर्वलाई धुमधामसँग मनाउछन् ।
चेपाङहरुको जंगली कन्दमुल खाएर टर्रो भएको मुखमा नयां घैया चामलको भात र मकै कोदोको ढिडो पर्छ । चेपाङले खोरिया खनि खोस्री उत्पादन गरेको मकै, कोदो, धान र विभिन्न खाद्यान्न भित्रयाउने समय यही महिना हो । अन्न भित्र्याएपछि पहिला पित्रीलाई चढाएपछि आफूले खानुपर्छ भनेर न्वागी खाने चलन छ ।
नयाँ बालीको अन्न खानका लागि चेपाङ जातिकै झाक्रि (पान्दे) घरमा बोलाएर न्वागी अर्थात चेपाङ भाषामा छोनाम पर्व रातभर घरमा ढ्याङग्रो ठोकेर मनाउने गर्दछन् ।
रातभर एक पाखे ढ्याङग्रो ठोकेर उत्पादन भएका फलफुल र खानेकुरा अगाडि राखेर चेपाङ झाक्रिले खानाका लागि देवता पित्रीलाई मन्त्र फलाक्दै बोलाउने गर्दछन् । झाक्रीले चेपाङ जातिको देवतालाई बोलाउदै आयु हुनेलाई राम्रोसँग बाच्न देऊ, नहुनेलाई आयु बढाइदेउ भनी सबैलाई नयाँ घैया धानको अन्नको टिका लगाइदिन्छन् ।
न्वागीको टिका झाक्रीबाट लगाइसकेपछि नयाँ अन्न र फलफूल घर घरमा रमाइलो गरेर खाने गरिन्छ । न्वागी पर्वको एक हप्तासम्म जग्गा हुनेले आफ्नै उत्पादन, नहुनेले छिमेकीसंग अन्न पैचो लिएर खाने चलन छ । न्वागी खाएपछि नयाँ अन्न खाने बाटो खुल्छ ।
शनिबार बिधाङमा पाँडे पुरेत कृष्णबहादुर चेपाङले सामुहिक रुपमा न्वागी कार्यक्रमको आयोजना गर्नुभएको हो ।  अतिथिहरुको हातमा ढ्यांग्रो थियो । यो बजाएर न्वागीको सुरु गर्नुभएको थियो । गरिबीका कारण घरघरमा पर्व मनाउन नसकिने भएकोले केही वर्षदेखि सामुहिक न्वागी पर्व मनाइने गरिन्छ ।
पछिल्ला वर्षहरुमा न्षगी पर्व मनाउने चेपाङको संखया पनि घटेको छ । धर्म परिवर्तनका कारण पर्वको महत्व नबुुझेर धर्म परिवर्तन गरि नागरिकहरु संस्कृपित जोगाउन समेत नजुटेको शिक्षक समेत रहनुुभएका नेपाल चेपाङ संघका पुर्व केन्द्रीय सचिव तिलक चेपाङको भनाइ छ ।
 
                     
                             
                                                     
                                                     
                                                     
                                                     
                                                    