धादिङको सल्यानटार “समी” बाहुल्य क्षेत्र’ पहिचान

धादिङको सल्यानटार “समी” बाहुल्य क्षेत्र’ पहिचान

  • Kandara Samachar

  • शुक्रबार, कार्तिक २२, २०८२

  • 152
    SHARES
धादिङको सल्यानटार “समी” बाहुल्य क्षेत्र’ पहिचान
  •  सीताराम अधिकारी /धादिङ

उत्तरी  धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वड नम्बर १ र २ सल्यानटारलाई फाइकस वंश तथा मोरेसी परिवार का रुख–बिरुवा अत्यधिक रहेकाे पाईएकाे तथ्यांक सार्वजनिक भएकाे छ । वडा नम्बर १ मा समी अत्षाधिक पाईएकाे तथ्यांकले देखाएकाे छ ।

धार्मिक रुपले महत्त्वपूर्ण, अत्याधिक अक्सिजन दिने र पर्यावरण जाेगाउने किसिमका समि, वर, पिपल, काप्राे, आँप लगायतका रुख सम्भवत नेपालमै एकै ठाउँमा धेरै धएकाे क्षेत्रकाे रुपमा गणनाबाट देखिएकाे डिभिजन बन कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यले बताउनुभयाे ।

डिभिजन वन कार्यालय धादिङले गरेको प्रारम्भिक गणनामा त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर  १ मा मात्र करिब १२ हजार ८ सय ३१ समि, ३ सय बर, ४ सय पीपल, २ हजार ३ सय काप्राे, साथै सार्वजनिक स्थानमा करिब ३,६०० आप भेटिएका छन्।

डिभिजन वन कार्यालयका प्राविधिक टोलीले निजी, सार्वजनिक, ऐलानी तथा पर्ती जग्गामा रहेका ठूला रुख, पोल, लाथ्राे तथा उम्रिँदै गरेका बिरुवासहित विस्तृत गणना गरेको हो। गणनामा निजी जग्गामा मात्र ७हजार ३लसय  समी र सार्वजनिक स्थानमा ५ हजार ७ सय  समी रहेको पुष्टि भएको छ।

समी, वर पिपलकाे गणना गर्न पुगेकाे टाेलीले रुखकाे जिपिएस लाेकेशन सहित तथ्यांक तयार गरेकाे आचार्यकाे भनाइ छ ।

जैविक विविधताको महत्वपूर्ण मानिएकाे  फाइकस वर्गका रुखहरू जैविक विविधताको दृष्टिले अतिमहत्त्वपूर्ण मानिन्छन्।

समी, बर, पीपल, काप्राे जस्ता फाइकस जातिका रुखहरु वन्यजन्तु, चराचुरुङ्गी र कीरापतंगका प्रमुख आहार स्रोत हुने भएकाले स्थानीय वातावरणीय सन्तुलनमा यी प्रजातिको योगदान उल्लेखनीय छ।

वडा नं. १ मा देखिएको वृक्षघनत्वलाई आधार मानेर वडा नं. २ को समेत गणना गरिने डिभिजन वन कार्यालय धादिङले जनाएको छ। त्यसपछि दुवै वडालाई ‘फाइकस बाहुल्य क्षेत्र’ का रूपमा घोषणा गर्ने सम्भावना रहेको बताइएको छ। प्रारम्भिक गणनामा बाँकी रहेको डुम्री समेत समावेश गर्दै विस्तृत अध्ययन आवश्यक रहेको गणनामा सहभागिहरु बताउँछन् ।

स्थानीय बासिन्दाहरूका अनुसार समी, वर, पीपल र काप्राे जस्ता रुखहरू परम्परागत रूपमा घाँस, दाउरा लगायत दैनिक प्रयोजनका लागि उपयोग हुने भएकाले विगतमा धेरै काटियो। तर आजसम्म पनि यति ठूलो संख्यामा यी रुखहरू संरक्षित रहनु स्थानीयस्तरमै ठूलो उपलब्धि मानिएको छ। पछिल्ला दिनहरुमा दाउराकाे लागि समि, वर, पिपल, काप्राे कटानी अत्याधिक हुँदै आएकाे सल्यानटारबासीकाे भनाई छ ।

डिभिजन वन कार्यालयका एक प्राविधिकका अनुसार, “घाँस र दाउराका रूपमा उपयोग भए पनि समी, पीपल र वरले माटो संरक्षण, जलधाराको प्रवाह, कार्बन शोषण र जैविक विविधतामा निकै सकारात्मक प्रभाव पार्छन्। जलवायु परिवर्तनका असर घटाउन फाइकस प्रजाति अत्यन्त प्रभावकारी मानिन्छन्।”

स्थानीय सरोकारवालाहरूले गाउँपालिकाले नीति तहमा नै संरक्षण तथा प्रवर्द्धन कार्यक्रम ल्याउनुपर्ने माग गर्दै आएका छन्। उनीहरूका अनुसार समी, वर, पीपल जस्ता रुखहरू धार्मिक, सांस्कृतिक, औषधीय तथा पर्यावरणीय हिसाबले पनि महत्वपूर्ण सम्पदा हुन्।

वडा नं. २ को गणना भएपछि घोषणा प्रक्रिया अघि बढ्ने डिभिजन वन कार्यालयका अनुसार वडा नं. २ को रुख–बिरुवा गणना गर्न आवश्यक पूर्वतयारी गरिँदैछ।

गणना सम्पन्न भएपछि दुवै वडालाई फाइकस वंश बाहुल्य वडाका रूपमा घोषणा गर्न सकिने छ ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar