क्यान महासंघद्वारा कम्प्यूटर सहितको सामाग्री हस्तान्तरण

क्यान महासंघद्वारा कम्प्यूटर सहितको सामाग्री हस्तान्तरण

  • Kandara Samachar

  • आइतवार, बैशाख २८, २०८२

  • 178
    SHARES
क्यान महासंघद्वारा कम्प्यूटर सहितको सामाग्री हस्तान्तरण

धादिङ
बौद्धिक अपांगता अभिभावक संघ धादिङलाई क्यान महासंघ धादिङ शाखाले कम्प्यूटर, बेड, खाजा हस्तान्तरण गरेको छ ।
राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवस २०२५ को अबसरमा क्यान महासंघले बौद्धिक अपांगता भएका बालबालिका अध्यायनका लागि सहयोग गर्दै आएको बौद्धिक अपांगता अभिभावक संघ धादिङको अगुवाईमा संचालित नमुना बौद्धिक अपांगता आधारभुत विशेष विद्यालयलाई सहयोग पुग्ने विस्वासका साथ एक सेट कम्प्यूटर, ३ बेड, खाजा उपलब्ध गराइएको क्यान महासंद्द धादिङका कृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।
बौद्धिक अपांगता भएका २५ जनाभन्दा बढी आवास सहित पढाइ संचालन गरिरहेको विद्यालयलाई प्रदेश सरकारले न्यून सहयोग र दाताहरुको दानले संचालन हुँदै आएको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar