अमेरिकामा मन्त्र ब्यान्डको कन्सर्टमा भएको झगडामा उमेश दहालको मृत्यु

अमेरिकामा मन्त्र ब्यान्डको कन्सर्टमा भएको झगडामा उमेश दहालको मृत्यु

  • Kandara Samachar

  • शुक्रबार, असार २२, २०८१

  • 36
    SHARES
अमेरिकामा मन्त्र ब्यान्डको कन्सर्टमा भएको झगडामा उमेश दहालको मृत्यु

 

तस्बिर:-फेसबुक

नासभेल,  टेनिसी – अमेरिकाको  नासभेल,  टेनिसी मा  मन्त्र ब्यान्डको कन्सर्टमा  ४१ वर्षीय एक नेपाली उमेश दाहाल  मुक्का प्रहारद्वारा  सक्त घाइते भएका थिए। टेनिसि प्रहरीको अनुसार कन्सर्ट हुँदाहुँदै नेपालीहरूबीच केही भनाभन  सँगै झगडा सुरु भएको  थियो। 

दाहालले उक्त झगडालाई समायोजन  गर्ने कोसिस गर्दागर्दै २६ वर्षीय विशाल राईले मुक्का प्रहार गरेका थिए। जसले गर्दा उनी भुइँमा ढल्न पुगेका थिए र उनको टाउकोमा गम्भीर चोट लागेको थियो। घाइते भएर भुइँमा ढलेका दाहाललाई त्यसपछि पनि लगातार कुटपिट गरिएको थियो।

घाइते भएका दाहाललाई तुरन्त हस्पिटल पठाइएको थियो।  चिन्ताजनक अवस्थामा उनको उपचार हुँदाहुँदै जुलाई २ मा उनको मृत्यु भएको पुष्टि गरिएको छ। दाहालका अमेरिकामा दुई साना छोरीहरू र श्रीमती दमन्ता काफ्ले दाहाल  रहेको बताइएको छ। 

 २६ वर्षीय विशाल राईलाई प्रहरीले मानव हत्याको अभियोग लगाई मुद्दा चलाइरहेको छ भने यस घटनामा अरु पनि संलग्न हुन सक्ने आशंकाले प्रहरीले अनुसन्धान कार्य  जारी राखेको छ। 


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar