कर्मचारी सरुवाले विवादित सिद्धलेक

कर्मचारी सरुवाले विवादित सिद्धलेक

  • Kandara Samachar

  • शुक्रबार, माघ २६, २०८०

  • 137
    SHARES
कर्मचारी सरुवाले विवादित सिद्धलेक

धादिङ/
धादिङको सिद्धलेक गाउँपालिकाले डेढ बर्षको अबधिमा प्रमुख प्रसासकिय अधिकृत र अन्य कर्मचारी सरुवामा देशभरिमै रेकर्ड कायम गर्ने भएको छ।
गाउँपालिका अध्यक्ष परशुराम खतिवडा निर्बाचित भएर आएपछि पाँचौ पटक प्रमुख प्रसासकिय अधिकृतको सरुवा भएको छ।
चालू आर्थिक बर्षको सुरुवातमै लामो समय देखि काम गरिरहेका शिक्षक, स्वास्थ्य कर्मी, प्राबिधिक तथा अन्य कर्मचारीलाई राजनैतिक प्रतिशोधको आधारमा जबर्जस्त पद बाट हटाएर आफ्नो बास्तबिक चरित्र देखाएका अध्यक्षले आफ्नो निहित स्वार्थका लागि कर्मचारी सरुवाको आतंक मच्चाउदै आईरहेका छ्न।
गाउँ पालिका अध्यक्ष परशुराम खतिवडाले अहिलेसम्म हटाएका प्रमुख प्रसासकिय अधिकृतहरुमा नन्दलाल पौडेल, राममणी मिश्र, नारायण प्रसाद अधिकारी, राजन फुयाल र सन्जय बहादुर स्याङतान रहेका छन् ।
सिद्धलेक गाउँपालिका अध्यक्षले कर्मचारी टिक्नै नदिने मुख्य कारण भनेको उनिमा राजनैतिक शैली सस्कार नहुनु हो ।
अन्य कारणमा कानुनमा बलमिच्च्याई गर्ने, जनहितका काममा ध्यान नदिने जस्ता समस्याले गर्दा २ महिना देखि ६ महिना भित्र स्थायी दरबन्दीका कर्मचारी , प्रमुख प्रसासकिय अधिकृत सरुवा हुने गरेका छ्न।
आफुले भनेजसरी मनोमानी गरेर बजेट चलाउन नपाएपछि दरबन्दीको लेखा अधिकृतको सरुवा गरेर अध्यक्षले नयाँ शहरी बिकास कार्यालय गल्छीको लेखापाललाई काजमा ल्याएर कार्यालयमा काम लगाएका छ्न।
यो आर्थिक बर्षमा सिद्धलेकमा कर्मचारी सरुवाको आतंकनै मच्चिएको छ, शुक्रबारनै प्रमुख प्रसासकिय अधिकृत सन्जय बहादुर स्याङ्गतान र ४ नम्बर वडाका सचिव लोकराज बरालको बिदाई भएका छन्। बरिस्ठ शाखा अधिकृत हरि बहादुर पाटा मगरको सिन्धुलीको दुधौली नगरपालिका सरुवा भईसकेको छ।
आफुले भने जसरी कार्यक्रम नचलाएको भन्दै महिला बालबालिका शाखा प्रमुख कबिता भट्टको पनि गत महिना अध्यक्षले जबर्जस्ती सरुवा गरिदिएका थिए।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar