बढीले धादिङ गाेरखा जाेड्ने दुईपुल क्षतिग्रस्त

बढीले धादिङ गाेरखा जाेड्ने दुईपुल क्षतिग्रस्त

  • Kandara Samachar

  • सोमवार, साउन २९, २०८०

  • 259
    SHARES
बढीले धादिङ गाेरखा जाेड्ने दुईपुल क्षतिग्रस्त

रामहरी थापा/धादिङ

धादिङ र गाेरखा जिल्लालाई राजमार्गसंग जाेड्ने त्रिशुली नदीमाथीकाे दुईअाेटा पुल नदीमा अाएकाे बाढीले क्षतिग्रस्त भएकाे छ ।
धादिङको बेनिघाट रोराङ-७ चरौंदी र गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ७ जोड्ने त्रिशूलीको पुलमा क्षति पुर्‍याएको छ। बाढीले बगाएर ल्याएका काठ त्रिशूलीमाथिका पुलमा अड्किएका छन्। पुलमा काठ अड्किएपछि क्षतिपुगेकाे हाे ।
धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १० र गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ६ जोड्ने हिक्लुङघाटको झोलुङ्गे पुलमा पनि क्षति पुर्‍याएको छ।

त्रिशूलीमा गए राति ठूलो बाढी आएको थियो।बाढीले त्रिशूली नदी माथिका झोलुङ्गे पुललाई जोखिमपूर्ण बनाएकोले नागरिकहरुलाई सजक अपनाउन गण्डकी गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिनाले आग्रह गर्नुभएकाे छ ।
पुलमा क्षतिपुगेपछि मझिमटारमा रहेकाे शंखादेबी माविमा पढ्ने गाेरखाका विद्यार्थीहरु विद्यालय अाउन पाएका छैनन् । लगतार त्रिशुली नदिमा वाढीकाे (वहाव ) सतह वढेर घन्टाै पानीले हिर्काएर अावतजावत ठप्प भएकाे छ । यस पुलबाट तरकारी लिएर बजार किनमेलमा अाउने ९४ घरधुरि गाउँले किसानहरु बजारसंगकाे सम्पर्क विच्छेद भएकाे मझिमटारका शिक्षक तिलक चेपाङले बताउनुभयाे ।


सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2026 and all right reserved to Kandara Samachar