रुबीढुंगा सहित एकजना पक्राउ,

रुबीढुंगा सहित एकजना पक्राउ,

  • Kandara Samachar

  • बिहिबार, असार ७, २०८०

  • 279
    SHARES
रुबीढुंगा सहित एकजना पक्राउ,

नानू कार्की
धादिङ/
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ३ शान्तबजारबाट २ सय २५ किलो बिभिन्न प्रकारको रुवी ढुङ्गासहित एकजना पक्राउ परेका छन् ।

खनियाबास गाउँपालिकास्थित रिगाउँ घर भई हाल शान्तबजार बस्दै आएका ७२ वर्षीय गंगा बहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।

गुरुङले आफ्नै घरमा जीवन पत्थर सेन्टर नामक पसल खोली अबैध रुपमा बिभिन्न प्रकारको रुवी ढुङ्गा उत्खनन, ओसारपसार तथा संकलन गरी बिक्री बितरण समेत गर्ने गरेको भन्ने सूचनाको आधारमा मंगलबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी सन्तुलाल प्रसाद जैसवारले जानकारी दिए ।

उनको घर पसल खान तलासी गर्दा बिभिन्न प्रकारका पत्थर र धातु जडित औंठीहरु ३१ थान, कटिङ गरी सकेको २ सय २५ किलो १५० ग्राम बिभिन्न रङ र आकारका रुवी ढुङ्गा जस्तो पदार्थ बरामद गरिएको छ । पक्राउ परेका गुरुङलाई आवश्यक कारवाहीको लागि तालुक खानी तथा भु–गर्भ विभाग लैनचौर काठमाण्डौ पठाइएको जैसवारले बताए ।


सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2026 and all right reserved to Kandara Samachar