 
                                                                                                      पाेखरा ।
गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रको आयोजनामा  कास्किमा प्रहरीहरुको लागि “तपाईंले पाँच जनाको जीवन बचाउन सक्नुहुन्छ” वा यु क्यान सेभ  फाइभ लाइभ्स” तालिम सम्म्पन्न गरेकाे छ।
 कार्यक्रममा गण्डकी प्रदेशभित्रका प्रहरी अफिसर र प्रहरी  जबानहरु  पहिलो पटक ७४ जना र दोश्रोपटक ३ सय २६ जना सहभागी भएका थिए।
तालिमकाे सहजिकरण गर्दै  डा. लक्ष्मी पन्थीले आपतकालिन अबस्थामा  घटना स्थलमा नै ५/७ मिनेटमा नै ज्यान जान सक्ने अप्रत्याशित घट्नाहरुमा  घट्नास्थल्मा देख्ने ब्यक्तिले ज्यान बचाउन अपानाउनु पर्ने विषयमा अभ्यास गराउनुभएकाे थियाे ।
घाँटीमा तत्काल केही अड्किएर या सर्किएर  निसासिदै गरेको बिरामिलाइ तीन मिनेटमा  बचाउन गरिने बिधि,  हृदयघात हुँदा तत्काल  र अन्तिम अबस्थामा बचाउन गरिनु पर्ने बिधी, घटना स्थलमा रक्तस्राव तत्काल रोक्ने बिधि, प्राइमरी सर्बे र बेहोस  हुदा अपनाउनु पर्ने CPR  विधि तथा संघात जस्ता अत्यन्तै आपतकालीन अबस्थाहरु जसलाई र  आँखा अगाडि नै देख्ने ब्यक्तिले तत्काल घट्नास्थल्मा नै बचाउन सक्ने प्रयोगात्मक बिधिहरु अभ्यास र सैद्धान्तिक तरिकाले तालिम दिईएकाे थियाे तालिम सहयाेगी प्रतीक्षा पन्थीले जानकारी दिनुभयाे ।
तालिममा सहभागी प्रहरीहरु यो तालिम लिएपछी  कार्यस्थलमा खटिदा पाँच ब्यक्ती मात्र होइन सयौं ब्यक्तिहरु बचाउन सक्ने हुनाले तालिम आयोजक र प्रशिक्षकलाई धन्यवाद दिएका थिए ।
सशस्त्र प्रहरी नायब उपरीक्षक  डि एस पि कृष्ण कार्की  डाक्टर लक्ष्मीको एक जनाले पाँच जनाको जीवन बचाउने तालिम आफुले २ पटक लिसकेको  हुनाले सम्पुर्ण प्रहरीलाई दिदा जिल्लामा खटिएका प्रहरीहरुले  हजारौं
जीवन बचाउन सक्छ्न भन्ने उदेश्यले तालिम केन्द्रको  नियमित तालिम अन्तर्गत संचालन गरिएको बताउनु भयो।  
सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक एस एस पि अरुन पौडेलले तालिम केन्द्रका सबै प्रहरीलाइ यो तालिम गराउने
 प्रतिबद्धता व्यक्त गर्दै तालिमका कल्पनाकार डा लक्ष्मी लाई धेरै धन्यवाद एब शुभकामना दिनुभयो। 
डाक्टर लक्ष्मी पन्थीले यो अभियान २०१८ देखि निरन्तर भेरहेको र नेपालभरी  लैजाने लक्ष्यरहेकाे जानकारी गराउनु भयो ।  आभियान  यसअघि गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेशका ११ अाेटा जिल्लामा  र विभिन्न पालिकाहरुले आफ्नो स्वास्थ कार्यक्रम अन्तर्गत हालसम्म १२ वोटा जिल्लामा  बिद्यालय, प्रहरी, अस्पताल लगायत विभिन्न निकायमा संचालन भएकाे छ । डा. लक्ष्मी पन्थी  हातेमालो अभियान  नेपालकि संस्थापक अध्यक्ष  हुन।
—
 
                     
                             
                                                     
                                                     
                                                     
                                                     
                                                    