किसानहरु बाँदरविरुद्ध आन्दोलनमा

किसानहरु बाँदरविरुद्ध आन्दोलनमा

  • Kandara Samachar

  • बुधबार, जेष्ठ १७, २०८०

  • 245
    SHARES
किसानहरु बाँदरविरुद्ध आन्दोलनमा

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका वडा नं ९ मुरलीभञ्ज्याङका किसानहरु बाँदरविरुद्ध आन्दोलनमा उत्रिएका छन् । बाँदरले मकैलगायतका अन्नबाली सखाप पारेपछि क्षतिपुर्तीको माग गर्दै आन्दोलनमा उत्रिएका हुन्।

 

बाँदरले नष्ट गरेको मकैको बिरुवाको माला लगाएर किसानहरुले धादिङबेशीमा नारा लगाउँदै सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् । कृषि ज्ञानकेन्द्र, बन डिभिजन कार्यालय, जिल्ला प्रशासन कार्यालयमा पुगेर १० दस वर्षदेखिकाे बाँदरकाे समस्याले पिराेलिएकाेले नियन्त्रणकाे माग गरेका छन् । उनिहरुले कृषी मन्त्री राजिनामा दे, अन्नबालीको क्षतिपुर्ती दे, बाँझो बारीको कर तिर्दैनौ, बाँदरले खाएपछी हामी के खाने भन्ने लगाएतका नारा लगाएका थिए ।किसानहरुले कृषी ज्ञान केन्द्र, डिभिजन वन कार्यालयमा बाँदर नियन्त्रण गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । बाँदर बस्तीमा प्रवेश गरेर अन्नबालीमा क्षति गरेपछी स्थानीय समस्यामा परेका छन् । बाँदरले खेतबारीमा मात्रै नभएर घरमा राखेको अन्नबालीमा समेत क्षति गरेको नीलकण्ठ नगरपालिका वडा नं ९ का तिल प्रसाद लम्सालले बताउनुभयो ।

 

 

विगत १० बर्षदेखीदेखी नै यो समस्या भोग्दै आएको भन्दै उहाँले राज्यले यसको क्षतिपूर्ति दिने व्यवस्था गर्नुपर्ने बताउनुभयो । बाँदरबाट आजित किसानले बर्षेनी सरोकारवालालाई जानकारी गराउँदा पनि किसानको माग सुनुवाइ नभएको र समस्या ज्यूँका त्यूँ भएको लम्सालको भनाई छ । नीलकण्ठ नगरपालिका वडा नं ९ कै नवराज दुवाडीले बाँदर आतङ्ककै कारण कतिपय ठाँउमा खेतीयोग्य जमिननै बाँझो राख्नु परेको गुनासो गर्नुभयो । बारम्बार स्थानिय प्रशासन, कृषि, बन लगाएतका निकायलाई गुर्हादा पनि सुनवाई हुन नसकेको बताउनुभयो ।हुलमा आउने बाँदरहरुले अन्नबाली नाससँगै महिला, केटाकेटीलाई आक्रमण समते गर्ने भएकोले झन समस्या भएको कुमारी दुवाडीले बताउनुभयो।


सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2026 and all right reserved to Kandara Samachar